१. हरियो खुसार्नीमा एन्टी बैक्टीरियल गुण पाईन्छ जसले गर्दा छाला सम्बन्धि रोग लाग्नबाट बचाउँछ ।

२. हरियो खुर्सानी सेवन गर्नाले छालाको लागी फाइदाजनक । हरियो खुर्सानीमा भिटामिन इ पनि पाइन्छ जसले छालाको लागि आवश्यक प्राकृतिक तेल बनाउने गर्छ । यसले छाला मुलायक र राम्रो हुन जान्छ ।

३. क्यान्सर बाट बच्न हरियो खुर्सानीले सहयो गर्छ । हरियो खुर्सानीमा एन्टीअक्सीडेन्ट हुन्छ जसले शरिरको रोग प्रतिरोधक क्षमता बढाउँछ । पुरुषहरुलाई हरियो खुर्सानीले पोस्ट्रेट क्यान्सर को खतराबाट बचाउने गर्छ ।

४. हरियो खुर्सानीको सेवनले शरीरमा आइरनको कमी हुनबाट बचाउनुका साथै दिमाग तेजिलो बनाउँछ ।

५. प्रतिरक्षामा सुधार ल्याउँर्न सहयोग गर्छ । हरियो खुर्सानीमा भिटामिन सी भरपूर मात्रामा हुन्छ जसले प्राकृतिक प्रतिरषमा सुधार गर्छ ।

६. हरियो खुसार्नी क्यालोरी रहित हुन्छ ।

७. खुर्सानीमा फाइबर हुन्छ, कब्जीयतबाट बचाउँछ । यसले खाना सजिलै तरिकाले पचाइदिन्छ र यसले पाचन सम्बन्धी बिमारीहरुलाई राहत मिल्छ ।

८. हरियो खुसार्नीले डाइविटिजलाई पनि फइदा गर्छ । हरियो खुर्सानी खानाले शरिरको ब्लड शुगर लेबल सन्तुलित हुने गर्छ ।

स्वास्थको सहयोगमा 

Topics #रियो खुसार्नीका फाइदा