१. पधासनमा बसन बस्दा वृत्तकार ( गोलो ) आसनमा हुनु |

२. हातका औला लामा -लामा हुनु |

३.औलाका कापमा छाला बिशेष बढी र जोड्दा टम्म मिलेको हुनुपर्छ |

४.छाला नरम हुनु र बृधावास्थामा पनि युवाको जस्तो तेज हुनु |

५. शरीरमा विभिन्न सात सुगन्ध हुनु |

६. हरिणको जस्तो फिला हुनु |

७. गुप्ताङगहरु गुप्त रहनु |

८. शरिरको माथिल्लो भाग सर्लक्क मिलेको हुनु |

९. शरीर सम्पुर्ण अङगहरु सुगठित हुनु |

१०. काँध पुष्ट चौडा र गोलो हुनु |

११. पाखुरा राम्ररी फर्कने हुनु |

१२. पाखुरा लामा हुनु |

१३.सम्पूर्ण शरीर तेजमाया हुनु |

१४. शंख समान घाँटी हुनु |

१५. सोझो र सिंहको जस्तो चिउँडो हुनु |

१६. ३२ वटा दाँत हुनु |

१७. चम्किला र टमक्क जोडिएका दाँत हुनु |

१८. समान मिलेका दाँत हुनु |

१९. बंगारा स्वच्छ र सुन्दर हुनु |

२०. जिब्रो लामो हुनु |

२१. विभिन्न सबैभन्दा सानो स्वाद लिने शक्ति हुन् |

२२. पातलो (सुरिलो ) स्वर हुनु |

२ ३. बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु |

२४. कुरा (बाचा ) मा अडिक रहनु |

२५. आँखीभौँका रौ मिलेको हुनु |

२६. मिलेको कपाल हुनु |

२७. अल्छि नहुनु |

२८. अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु |

२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु |

३०. चमक्क टल्किने केश हुनु |

३१. स्वभाव लजालु हुनु |

३२. बलियो आत्मामाविश्वास हुनु |