कब्जियत

मेवालाई काटेर त्यसमा मरिच, बीरेनून र कागतीको रस हाल्नुभयो भने खानेकुरा सजिलै पच्छ । अनि यसले कब्जियत पनि हटाउँछ । झाडापखला लाग्ने र मूत्रसमस्या पनि यसले निको पार्छ ।

क्यान्सर

मेवाले कलेजो बलियो बनाउँछ भने कागतीले विषाक्त पदार्थलाई शरीरबाहिर निकाल्छ । दिनदिनै दुई चम्चा मेवाको रसमा आधा चम्चा कागतीको रस मिसाएर पिउँदा लिभर सिरोसिस हुन पाउँदैन ।

प्रोस्टेट क्यान्सर र ब्लड क्यान्सर पनि यसले रोक्छ ।

मुटु र रक्तचाप

मेवा र कागतीमा प्रचूर फाइबर, भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइन्छन् । यिनले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छन् र मुटुसम्बन्धी समस्या हटाउँछन् । रक्तचाप पनि नियन्त्रणमा राख्छन् ।

आँखा

मेवामा भरपूर मात्रामा क्याल्सियम, केरोटाइन र भिटामिन हुनाले यो आँखाका लागि लाभदायक मानिन्छ । यसको सेवनले रतन्धो हुन दिंदैन ।

तौल घटाउन

बिहान खाली पेटमा मेवा र कागतीको जुस पिउँदा घरीघरी भोक लाग्दैन । यसमा पेक्टिन फाइबर हुन्छ र यसले आन्द्रालाई राम्रो काम गर्ने अवसर दिन्छ । तौल घटाउन पनि यसले मद्दत गर्छ ।

स्वास्थको सहयोगमा 

Topics #मेवा र कागती