१. सामाजिक दबाब कमजोरः

विवाह अघि आफूलाई चुस्त दुरुस्त राख्नु सामाजिक दबाबका रुपमा लिइन्छ । तर, विवाहपछि यो प्रेसर स्वतः घट्नुका साथै आफ्नो ख्याल राख्ने समय नभएकाले तौल बढ्छ ।

२. घरमै बस्नु वा धेरै समय टिभी हेर्नुः

विवाह पश्चात अधिकांस महिला घरभित्रकै काममा व्यस्त हुन्छन् । बाँकी फुर्सदको समय टिभी हेरेर बिताउन रुचाउँछन् । शाररिक रुपमा निष्क्रिय रहँदा मोटोपन बढ्छ ।

३. तनाव बढ्नुः

विवाह पछि नयाँ घर, नयाँ परिवार हुने भएकाले आफूलाई त्यहाँ समायोजन गर्न मुश्किल पर्छ । जसले गर्दा तनाव बढ्छ । यसैपनि माइतिघर भन्दा कम स्वतन्त्रता र बढी डरले सदा तनावमा राख्छ महिलालाई ।

तनाव तौल बढाउने महत्वपूर्ण कारण मानिन्छ ।

४. खानामा परिवर्तनः

खान खाने तरिका, परिकार र समय घरपिच्छे फरक पर्छ । विवाह पछि आएको घरको खानपान त्यसअघिको जस्तो नहुँदा पनि मोटोपनको शिकार भइन्छ ।

विशेष गरी घरको नयाँ सदस्य भएका कारण परिवारका सदस्यले सुरुमा धेरै खान प्रोत्साहन गर्ने भएकाले पनि मोटोपन बढ्न थाल्छ ।

५. निद्रा पूरा नहुनुः

विवाह पश्चात धेरै महिलाको सुत्ने र उठ्ने समय बदलिन्छ । सात घन्टा भन्दा कम सुत्न पाउने भएकाले निद्रा पूरा हुँदैन । यसले तौल बढाउन भूमिका खेल्छ ।

६. हर्मोनल परिवर्तनः

विवाह पछि महिलाको जीवनशैली परिवर्तन हुन्छ । यसले हर्मोनल परिवर्तन पनि ल्याउँछ, जुन मोटोपन बढाउने कारण बन्न सक्छ ।

७. बढ्दो उमेरः

विवाह सँगसँगै महिलाको उमेर पनि वृद्धि हुँदै जान्छ । उमेरको वृद्धिसँगै महिलाको मेटाबोलिज्म दर कम हुन्छ । यसले फ्याट बर्निङ हुने दर कम हुन्छ र तौल बढ्छ ।

स्वास्थको सहयोगमा 

Topics #महिलाको तौल बढ्ने #विवाह पछि