१. दैनिक तीस मिनेट व्यायाम अनिवार्य गरौं ।

२. माछामा कोलेस्ट्रोल घटाउने प्रभावकारी तत्व हुन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसराइडलाई सन्तुलन राख्नको लागि सातामा दुई देखि तीन पटक आफ्नो भोजनमा माछाको परिकार समावेश गरौं ।

३. अन्डा कम खानुपर्छ ।

४. ग्रिन टी खानुपर्छ । यसमा क्याटेचिनस नाम गरेको पदार्थ हुनाले कोलस्ट्रोल घटाउन सहयोग गर्छ ।

५. पर्याप्त निदाउनाले उच्च रक्तचापलाई सन्तुलन गर्नुका साथै समग्र शारिरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ ।

६. कोलस्ट्रोल लगायत विभिन्न घातक रोगको कारण धुम्रपान पनि हो । त्यसैले धुम्रपान त्यागेको राम्रो हुन्छ ।

७. भोजनमा मासुको प्रयोग कम गर्ने । यदि मासु खानै पर्नेभए छाला भएको मासु खाने । विफ, पोर्क र भेडाको मासु खान छाडेको राम्रो ।

८. दैनिक भोजनमा ५ देखि १० ग्राम फाइबर समावेश गर्नुपर्छ । यसले कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

९. कोलेस्ट्रोलको खतराबाट बच्नका लागि नियमित रुपमा परीक्षण जरुरी छ । परीक्षणले खराब कोलेस्ट्रोलको खतराबारे हुनुका साथै सुरक्षित र स्वस्थ रहन मद्दत मिल्छ ।

१०. न्युन चिल्लोयुक्त भोजनले शरिरमा कोलेस्ट्रोल विकसित हुने खतरालाई कम गर्छ । भोजनमा पर्याप्त फलफुल र सागसब्जी समावेश गरौं । बदाम वा यस्तै खानेकुरामा जोड दिउँ । नियमित भोजनमा प्रयोग हुने तेलको मात्रा घटाउँ ।

स्वास्थको सहयोगमा 

Topics #कोलेस्ट्रोल यसरी कम