१. योग कठिन आसनबाट सुरु गर्नु हुँदैन । सरलबाट कठिनतिर जानुपर्छ ।

२. जब तपाईँ बिमार हुनुहुन्छ भने योग नगर्नुहोस् । यदि योग गर्न चाहनुहुन्छ भने योग गुरु वा चिकित्सकको परामर्श लिनुहोस् ।

३. योग गर्नुअघि थोरै वार्मअप गर्नुहोस् । यसपछि प्राणायाम र त्यसपछि योग गरौं । अन्त्यमा शवासन जरुर गरौं ।

४. योग गुरुको सल्लाह वा निगरानी बिना जथाभावी योग गर्नुहुँदैन । किताब पढेर वा सिडीमा हेरेर योग गर्दा समस्या हुनसक्छ । अर्काको देखासेखी पनि योग नगरौं ।

५. कम्मर, मांशपेशी वा घुँडासँग सम्बन्धित कुनै समस्या छ भने योग गर्नुअघि विज्ञसँग सल्लाह लिनुहोस् ।

६. योग गर्नसाथ तुरुन्तै नुहाउनु हुँदैन । योग गर्दा शारीरिक तापमान बढ्छ । त्यसैले योग गरेको एक घण्टापछि मात्र नुहाउनु पर्छ । नभए, रुँघा, खोकी जस्ता समस्या आउन सक्छ ।

७. योग गरिरहेको समयमा बाथरुममा जानु उचित हुँदैन । बरु, आफ्नो शरीरको पानी पसिनाको माध्यामबाट बाहिर निकाल्नु पर्छ ।

८. योग गरिरहेको बेला शरीर तातो हुन्छ । यतिबेला चिसो पानी पिउनु लाभदायक हुँदैन । चिसो पानीले एलर्जी, खोकी लाग्ने संभावना हुन्छ ।

९. वज्रासन बाहेक अन्य कुनैपनि योग खानाa खानसाथ गर्नुहुन्न । खाना खाएको कम्तिमा पनि तीन घण्टाको अन्तरालमा योग गर्नु सहि हुन्छ । सबैभन्दा राम्रो त बिहान खाली पेटमा योग गर्नु हो ।

स्वास्थको सहयोगमा 

Topics #योग गर्नुअघि