१. अचारमा नुनको मात्रा अत्याधिक धेरै मात्रामा हुन्छ, जसले सोडियम बढाउनको साथै हाई ब्लडप्रेसर र अन्य स्वास्थ्य समस्याहरु पनि पैदा गर्न सक्छ ।

२. अचारमा मसालाबाहेक भिनेगरको प्रयोग पनि धेरै मात्रामा गरिन्छ जसको सेवन नियमित रुपले गरेमा तपाईलाई अल्सर पनि हुन सक्छ र अन्य समस्याहरु पनि पैदा हुन सक्छ ।

३. अचार बनाउन र त्यसलाई सुरक्षित राख्नको लागि जुन प्रिजर्भेटिभ (रक्षक) को प्रयोग हुन्छ त्यो शरिरको लागि हानिकारक हुन्छ र एसिडिटी वा शरिर सुन्निने जस्ता समस्याहरुको लागि जिम्मेवार हुन्छन ।

४. अचारमा तेलको मात्रा अत्याधिक धेरै हुन्छ र त्यसमा प्रयोग गरिने मसलापनि धेरैजसो पाकेको हुँदैन् जसको कारण कोलेस्ट्रोल र अन्य समस्याहरु हुन सक्छ ।

५. अचारको प्रयोगले अम्लियतालाई बढावा दिन्छ जसको कारण नियमित र धेरै मात्रामा अचारको सेवन गर्नाले एसिडिटी, ग्याँस, अमिलो डकार आउनुजस्ता समस्याहरु हुन सक्छ ।

स्वास्थको सहयोगमा 

Topics #अचार सेवन #समस्या