जैतुनको तेल

जैतुनको तेल पनि कानको दुखाईमा एकदमै फाइदाजनक हुन्छ । यो तेलमा दुखाई कम गर्ने गुण हुन्छ । जैतुनको तेललाई अलिअलि तातो बनाउने र कानमा हाल्ने ।

यसले केही बेरमै काम दुखेको ठीक हुन्छ । कपासलाई तेलमा डुबाएर कानभित्र राख्न सकिन्छ ।

मूलाको पात

मुलाको पातले कानको दुखाईलाई सजिलै ठीक गर्छ । यसका लागि मुलाको पातलाई पिसेर यसको रस निकालेर रसलाई तिलको तेलमा धेरै बेरसम्म पकाउनुपर्छ ।

जब रस वाफ बनेर उडिसक्छ, यो तेललाई कपडाले छानेर जतिबेला काम दुख्छ, यो तेललाई अलिअति तताएर दुई तीन थोपा कानमा हाल्नुपर्छ । यसबाट कान दुखेको तुरुन्तै ठिक हुन्छ ।

प्याज

प्याजमा पनि दुखाई कम गर्ने गुण हुन्छ । कान दुखेको बेलामा प्याजको डल्लोलाई आगोमा सेक्नु र त्यसको रस निकालेर कानमा हाल्नुपर्छ । यसबाट तुरुन्तै आराम मिल्छ ।

तुलसीको पत्ता

कानको दुखाईमा तुलसीको पत्ता एकदम फाइदाजनक हुन्छ । यसमा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ । यसका लागि तुलसीको पत्ताहरुलाई पीसेर यसको रसको दुई तीन थोपा कानमा हाल्नुपर्छ ।

तुलसीको रसले कानको इन्फेक्सन ठिक गर्छ र दुखाई पनि हटाउँछ । कानभित्र घाउ भएको छ भने पनि यसले ठिक गर्छ । जटिल अवस्थामा छ भने चिकित्सकको परामर्श लिनुपर्छ ।

लसुन

लसुनमा पनि एन्टिसेस्टिक गुण हुन्छ र यसले दुखाई हटाउँछ । यसका लागि लसुनको दुई कल्लीलाई राम्ररी पिसेर यसमा एक चिम्टी नून मिलाएर ऊनको कपडामा पोको पारी दुखेको ठाउँमा राख्दा आरम हुन्छ ।

यसका साथै लसुनको तीन चार कल्लीर्लाइ तोरीको तेलमा भुटेर उक्त तेललाई कानमा हाल्दा पनि फाइदा मिल्छ ।

स्वास्थको सहयोगमा 

Topics #कानको समस्या #घरेलु उपाय