तावामा ज्वानोलाई हल्का भुटेर चपाईचपाई खानुस् । यसले पनि ढाड दुख्नबाट जोगाउँछ ।

जाडोका कारण ढाड दुखिरहेको छ भने सुकेको अञ्जीर, सुकेको खुबानी र पाँचवटा सुकेको आरुबखडा राति सुत्नुअघि चपाएर खानुस् । यसो गर्दा पनि ढाड दुख्ने समस्या केही दिनमा निको हुन्छ ।

एक चम्चा महमा दालचिनीको धूलो एक ग्राम हालेर बिहान बेलुका दिनमा दुईचोटि खानुस् । आराम हुन्छ ।

तातो पानीले सेक्दा पनि पीडाबाट मुक्ति पाइन्छ ।

शरीरमा क्याल्सियमको कमी पूरा गर्नका लागि दुग्धजन्य पदार्थ र क्याल्सियमले भरपूर आहार खानुस् । दिनदिनै दुई गिलास दूध अवश्य पिउनुस् । अनि दिनदिनै बिहान घाममा आधी घन्टा बस्ने गर्नुस् ।

लसुनका एन्टीसेप्टिक गुणले पीडा कम गरिदिन्छन् । एक जारमा ४०० ग्राम लसुनलाई मसिनो गरी काटेर एक लिटर काँचो सूर्यमुखी तेल हालेर भाँडोलाई मज्जाले बन्द गरिदिनुस् ।

यो भाँडोमा घाम पर्न नदिनुस् र दिनदिनै यसलाई
हल्लाउनुस् । पछि यसलाई छानेर तेल निकाल्नुस् र दुई महीनासम्म दिनदिनै बिहान बेलुका मालिश गर्नुस् ।

मनतातो पानीमा सीधे नून हालेर नुहाउनुस् । यसले आराम दिन्छ ।

स्वास्थको सहयोगमा 

Topics #ढाड दुख्ने समस्या