चम्किलो अनुहार

सलादको सेवनले छाला प्राकृतिक रूपमा चमकदार हुन्छ ।

मांसपेशी

हरियो सलादमा नाइट्रेट प्रचुर मात्रामा पाइन्छ । यसले मांसपेशीमा अधिक प्रोटीन बनाउँछ । प्रोटीनले मांसपेशी बलियो हुन्छ ।

तौल नियन्त्रण

केही मानिसलाई बारम्बार खाने बानी लागेको हुन्छ । यसले गर्दा उनीहरूको तौल बढ्दै जान्छ । तपाईंलाई यस्तो बानी लागेको छ भने खानामा सलाद लिने गर्नुस् । यसले तपाईंको पेट पनि भरिन्छ अनि तौल पनि बढ्दैन ।

अनिद्रा

सलादले अनिद्राको समस्या हटाइदिन्छ । तपाईंलाई राम्रो निद्रा लाग्ने गरेको छैन भने दिनदिनै सलाद खानुस् ।

निरोग

सलादमा भएको एन्टीअक्सिडेन्ट र फाइबरले शरीरलाई रोग लाग्न दिँदैन । यो खाँदा पेट सफा हुन्छ र कब्जियतको समस्या हुँदैन ।

स्वास्थको सहयोगमा 

 

Topics #सलाद खानुका फाइदा