-मेवाले पनि दाह्री कालो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । त्यसका लागि आधा कचौरा मेवा पिसेर त्यसमा अलिकति बेसार र एक चम्चा एलोभेराको जुस मिलाएर दाह्रीमा लगाउने गर्नु पर्छ ।

-शरीरलाई प्रोटिन र मिनरलको आवश्यक हुन्छ । यस्तो तत्वले दाह्री कालो बनाउन पनि सहयोग गर्छ । प्राटिन र मिनरलका लागि दूध, दही, घिउ, हरियो तरकारी नियमित सेवन गर्नु पर्छ । त्यस्तै फास्टफुड, कफी र कोल्डड्रिंक्सबाट भने टाढा रहनु पर्छ ।

-एक महिनासम्म नियमित अमलाको जुस पिउँदा पनि सेतो दाह्री कालो बन्न सक्छ ।

-सेतो दाह्रीलाई कालो बनाउन प्याजको रस उपयोगी हुन्छ । त्यसका लागि दुई चम्चा प्याजको रसमा पुदिनाको पात र आलु पिसेर दाह्रीमा लगाउनु पर्छ ।

-यस्तो समस्याबाट मुक्ति पाउन गाईको दूधबाट बनेको घिउ प्रयोग गर्न सक्नुहुन्छ । हरेक दिन गाईको घिउले दाह्री मसाज गर्दा सेतो दाह्रीको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

स्वास्थको सहयोगमा 

Topics #कालो बनाउन #क्रियाकलाप गर्दा उपयुक्त #सेतो दाह्री