सागपातको स्न्याक्स

बच्चाहरूलाई गाजर, मटर र पालुंगोको स्न्याक बनाएर खुवाउनुस् । हरियो सागपातको कटलेट बनाएर खुवाउन सक्नुहुन्छ । मिक्स भेज सूप पनि समय समयमा पियाउनुस् ।

जंक फूडसँग रोटी

बच्चाहरू पिज्जा, बर्गर र नूडल खान मन पराउँछन् । त्यसमा तपाईंले पोषक कुरा मिसाउन सक्नुहुन्छ । पिज्जाको बेसमा होल ग्रेन आँटा प्रयोग गर्नुस् । अनि नूडलमा तरकारी हालेर रोटीमा बेरेर बच्चाहरूलाई खुवाउन सक्नुहुन्छ ।

घरको खाना

बजारको खानेकुराले बच्चाको स्वास्थ्यमा खराब असर पार्छ किनकि त्यसमा हाईजीनमा ध्यान दिइएको हुँदैन । बच्चालाई शुरुदेखि नै घरमा बनेको खाना खाने बानी बसाल्नुस् ।

उनीहरूलाई फ्रुट सलाद खान दिनुस् । त्यसमा चाट मसला हालेर स्वाद बढाउन सकिन्छ ।

स्वास्थको सहयोगमा 

Topics #खानेकुरा बच्चाहरूलाई खुवाएमा