तपाईको जिउमा भएको मुसा क्यान्सरको कारण पनि बन्न सक्छ ??

मुसा यदी गर्धनको पछाडी छ या शरीरको झट्ट सबैको नजर नपर्ने ठाउँमा छ भने कुनै चिन्ताको बिषय हुँदैन । तर, कहिले काही मुसा अनुहारमा यस्तो ठाउँमा आईदिन्छ, जहाँ सबैको नजर सोझै पर्दछ । जस्तै- गाला, आँखीभौं, आखाँको परेली, नाकको टुप्पो, निधार आदिमा । अनुहारमा मुसा हेर्दा राम्रो देखिंदैन ।

सभा समारोहमा यसले लाजमर्दो स्थिति बनाउनुको साथै तपाईको सौन्दर्यलाई नै असर पार्दछ । साधारण देखिने मुसा कहिले काही क्यान्सरको कारण पनि बन्न सक्छ । यस्तो स्थितिमा मुसालाई उपचार गरी हाटाउनु राम्रो हुन्छ ।

किन हुन्छ मुसा ?

1.जन्मिए पछि देखापर्ने मुसाको मुख्य कारण ईन्फेक्सन हो । यि मुसाहरु शरीरमा आउनुको कारण एक प्रकारको ह्युमन पेपिलोमा नामक भाईरस हो ।

2.प्रकारका मुसाहरु शारीरिक सम्पर्क को माध्यमले पनि फेलिन्छ । मुसा तोरी को दाना देखि अंगूरको को आकार जत्रो पनि हुनसक्छ । मुसा शरीरको एक ठाउँ बाट अर्को ठाउँमा सर्दै जान्छ । सामन्यतया शरीरमा देखिने मुसाहरु कालो, खैरो , सेतो, रातो किसिम को देखिन्छ भने कहिले काहि छालाको रगं जस्तो पनि हुन्छ । जसले गर्दा मानिसहरु लाइ यि मुसाहरु आएको थाहा नै हुदैन ।

लक्षणहरु

1. धेरै जसो मुसाहरु छालाको सतह भन्दा आलिक माथि उठेको खस्रो सतह भएको हुन्छ ।

2.आकारमा यो गोलो,अण्डाकार, च्याप्टो हुन्छ भने केहि चिल्लो मुलायम र च्येप्टो सतह भएको हुन्छ । कुनै मुसा पेन्डुलम किसिमको हुन्छ यताउति हल्लिने खालको पनि हुन्छ ।

३.मुसा भने छुँदा दुख्ने खालको पनि हुन्छ । कुनै अजेरु पलाएको जस्तै हुन्छ ।

४.पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुलेर आउँछ । हेर्दा घिन लाग्दो देखिन्छ, यस्ता मुसाहरु बिषेश गरी हात र खुट्टामा देखिन्छन् ।

क्यान्सर कारक पनि हुन्छ मुसा

यदी तपाईलाई जन्मिदा देखिने कुनै मुसा छ भने यो हानिकारक हुँदैन । तर, मुसा जन्मेपछि या ठुलो भएपछि देखिएको हो भने समय बित्दै जाँदा यसले क्यान्सरको रुप धारण पनि गर्न सक्छ । यदी कुनै ब्यक्तिमा तीस बर्षको उमेर पछि मुसा पलाएको छ भने त्यसमा क्यान्सर हुने खतरा बढि रहन्छ ।

खतरानाक अवस्थाका मुसा 

यदी शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, यसलाई नजर अन्दाज गर्नु हुँदैन । यदी मुसा भएको ठाउँ चिलाउँछ भने पनि यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकसंग सल्लाह गर्नु पर्छ ।

उपचार

हुन त मुसा ६ महिनादेखि बर्ष दिन भित्र आफै हराएर जान थाल्छ । त्यसको लागि कुनै विषेश उपचार गरिरहनु पर्दैन । शरीरका बिभिन्न भागमा रहेका मुसाहरुको उपचार विभिन्न प्रकारको बिधिबाट गरिन्छ । जस्तै- भौतिक रुपले नष्ट गर्ने । करेन्टले डामेर वा लेजर प्रबिधिबाट मुसालाई हटाउने आदि इत्यादी । यि बिधिका आफ्नै जटिलता र धेरै साईड ईफेक्टहरु पनि छन् ।

सल्लाह 

 केहि ब्यक्तिहरु मुसालाई हटाउन त्यसलाई काट्न लगाउँछन् वा घरमा आफैले काट्ने गर्छन् । कसैले चुन र सोडाको मिश्रणको लेदो बनाएर लगाउँने गर्छन् । तर, यसो गर्नु हुँदैन । मुसालाई डाम्ने, काटने या फुटाउने गर्नाले मुसाको भाइरस शरीरको अन्य भागमा पनि जाने खतरा हुन्छ । जसले गर्दा अझ बढि मात्रामा शरीरको बिभिन्न भागहरुमा मुसा पलाएर आउँछ।