गोलभेंडा

गोलभेंडा सलादका रूपमा खानुभयो भने दिमागलाई धेरै फाइदा गर्छ । यसमा भएको लाइकोपीन एन्टीअक्सिडेन्टले शरीरलाई –याडिकल कणहरूबाट रक्षा गर्छ । मस्तिष्कका कोशिकाहरूलाई यसले सुरक्षित बनाउँछ ।

हरियो तरकारी

हरियो तरकारी भरपूर मात्रामा पोषक तत्त्वहरू हुन्छन् । यिनले दिमागमा खराब असर गर्ने टक्सिनबाट बचाउँछन् । गाजर, बन्दाकोभी, काउली र सिमीहरूमा एन्टीअक्सिडेन्ट गुण हुन्छन् जसले दिमागलाई राम्रो बनाउँछन् ।

दही

दहीमा अमिनो एसिड हुनाले स्मरणशक्ति बढ्छ । यसले तनाव पनि भगाउँछ । दहीमा ड्राई फ्रुट हालेर खाँदा धेरै फाइदा पुग्छ ।

ओखर

दिनदिनै एक मुट्ठी ओखर खानुभयो भने दिमागका नसाहरू तेज हुन्छन् ।

पालुंगो

पालुंगोमा भएको प्राकृतिक एन्टीअक्सिडेन्ट गुणले शरीरलाई धेरै लाभ दिन्छ । यसमा भएको आइरन र म्याग्नेसियमले स्मरणशक्ति बढाउँछ र रगतलाई दिमाग तथा शरीरका अन्य अंगसम्म पु–याउँछ ।

आलस

आलसको बिउमा फाइबर र प्रोटीन भरपूर हुन्छ । आलसका बिउलाई दहीमा हालेर खाँदा दिमाग तीखो हुन्छ ।

त्यस्तै ब्लुबेरी, केरा, चकलेट, फर्सीको बियाँ, जैतून तेल र साबुत अनाजले पनि दिमाग तीखो बनाउँछन् । समेत काम गर्छ ।

स्वास्थको सहयोगमा 

Topics #दिमाग तीखो बनाउने खानेकुराहरू