लसुनको सल्फरयुक्त यौगिक र कडा सुगन्धको शान्त प्रभावले मिठो निन्द्रा लगाउँछ । त्यस्तै, सिरानीमा लसुन राख्नाले हामीमा दिनभरी सकारात्मक प्रभाव पार्नका साथै अर्को दिनको लागि रातभर ऊर्जा संकलन गर्छ ।

सुरु सुरुमा लसुनको सुगन्धले केहीलाई अप्ठ्यारो पर्न सक्छ तर नियमित यसरी सिनारी मुनी लुसन राख्नाले बानी पर्छ र यसको बास्नाले राम्रो निन्द्रा पर्छ।

सिरानीमुनि लसुन राख्नुको आफ्नै पुरानो मान्यता छ । लसुनले मिठो निन्द्रा लगाउँछ भन्ने मान्यता राखिन्छ । यसले बिशेषगरी त्यस्ता व्यक्तिलाई फाइदा गर्छ, जसलाई निन्द्रा पर्न गाह्रो हुन्छ ।

त्यस्तै, मिठो निन्द्रा लगाउँन लसुनलाई अर्को तरिका पनि प्रयोग गर्न सकिन्छ । एक गिलास दुधमा एक पोटी लसुनलाई ट्क्राएर उमाल्नुहोस् ।

तीन मिनेटसम्म उमालेपछि सेलाउँन दिनुहोस् । अब एक चिनी चम्चा मह दुधमा मिसाएर पिउँनुहोस् । यद्यपि, राम्रो प्रभावका लागि तपाईले सुत्न ३० मिनेटअघि पिउँनुपर्ने हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #सिरानीमुनि लसुन