हल्का रातो रंग –

यदि तपाइको रक्तश्राव फिक्का तथा रातो हल्का भइरहेको छ भने तपाइ स्वस्थ हुनुहुन्छ । यस्तो रगत महिनावारि भएको चौथो दिनसम्म फ्लो भइरहन्छ ।

कालो तथा गाढा रातो –

कालो रगत खतराको संकेत हो । पाठेघरमा संक्रमण भएको कारण यस्तो रगत देखा पर्न थाल्छ । यसको कारण पछि गएर गर्भ नरहने समेत हुन सक्छ ।

पिरियड्को दौरान यस्तो समस्या देखा परिरहेमा तुरुन्तै डाक्टरसंग सल्लाह मागनुपर्छ ।

गुलावी रंग –

यदि महिनावारिको समयमा यस्तो रगत देखा परेमा पाठेघरमा संक्रमणको समस्या हुन सक्छ ।

बाक्लो रगत तथा खैरो रंग –

यदि तपाईको रगत बाक्लो तथा हल्का खैरो रंगको देखा पर्दछ भने यो पुरानो रगत हो । र तपाईकाको महिनावारि अनियमित रुपमा भइरहेको छ ।

यो रगत लामोसमयसम्म पाठेघरमा जाम भएर बसेको हुन्छ र महिनावारीको समयमा ढिक्का बनेर बाहिर निस्कन्छ ।

गाढा रातो रंग यो रगत –

ताजा र चाडै बाहिर निस्केको रगत मानिन्छ । यो रगत फिक्का हुन्छ, तर महिनावारि भएको पहिलो दिन बाक्लो रुपमा रक्त श्राव हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #महिनावारीको रगत