अनुहारमा फोका –

धूलो मसिएको हावाले अनुहारमा हानलेपछि फोका आउँने गर्छ । यस्तो समस्या नहोस् भन्नका लागि बाहिरबाट आउने बित्तिकै अनुहारलाई राम्ररी सफा गर्नुहोस् ।

कम्मर दुख्ने –

बाइक चलाउँने व्यक्तिलाई कम्मर दुख्ने पनि समस्या रहन्छ । लामो समयसम्म बाइक चलाउँदा हात र कम्मपरमा दुखाई हुनथाल्छ । यसका लागि लगातार लामो समयसम्म बाइक चलाउँनबाट रोकिनु पर्यो ।

औँलामा गाँठो –

बाइक चलाउँने व्यक्तिको औलाहरुमा ऐठन हुनका साथै गाठो जस्ता पनि बन्न थाल्छ । यसका लागि हातमा पञ्जा लगाएर हिड्नुपर्छ ।

घाममा छाला डढ्ने –

बाइक चलाउँने जो–कोहीको गुनासो भनेको लगातार बाइक चलाउनाले उसको हातको छाला घामले डढ्ने गर्छ ।

यदि तपाई पनि बाइक चलाउँने क्रममा हातको छाला डढ्छ भन्ने लाग्छ भने पूरा बाहुलाको कपडा लगाउँनुहोस् । बाहिर निस्कदा हातमा सनस्क्रिम लगाउनले गर्नुहोस् ।

सुख्खा छाला –

बाइक चलाउने व्यक्तिको प्रायजसो अनुहारको छाला फूस्रिने गर्छ । गर्मीमो हावाले सिँधै अनुहारमा हानेमा त्यहाँको छाला सुख्खा हुन्छ । त्यसैले अनुहारमा राम्रो गुणस्तरको ‘मोइश्चरराइजर’ लगाएर निस्कनुहोस् ।

स्वास्थको सहयोगमा 

Topics #बाइक चलाउँदा झेल्नुपर्ने समस्या