१. मधुमेह

मधुमेह हुँदा भोक कम लाग्छ । यसको कारणले गर्दा व्यक्तिको शरीरमा सुगरको स्तर बढ्छ, जसले किड्नी र यसका कार्यहरुलाई सबैभन्दा बढि प्रभावित तुल्याउँछ ।

मधुमेहका रोगी ब्लड सुगरको उपयोग गर्न सक्दैनन् र यो मृगौलाबाट फिल्टर भएर उत्सर्जित हुन्छ ।

यसको कारणले व्यक्तिको मांसपेशी तथा हड्डीहरु प्रभावित हुन थाल्छन् । अधिक तिर्खा लाग्नु, बारम्बार पिशाब लाग्नु, आँखामा धमिलोपन र हातगोडा झन्झनाउनु, शरीरमा शून्यपनको अनुभव आदि मधुमेहका लक्षण हुन् ।

२.थाइराइड

थाइराइडले हाम्रो मेटाबोलिज्म लाई नियन्त्रित गर्छ । त्यसैले थाइराइडका कारण वजन प्रभावित हुन सक्छ । यदि मेटाबोलिज्म बढ्यो भने शरीरको वजन कम हुन थाल्छ ।

तर, यो अधिक बढ्यो भने स्वासथ्यका लागि कयौ गम्भीर खतरा उत्पन्न गर्छ ।

यदि कुनै व्यक्तिलाई हाइपोथाइराडिज्म छ भने उसको वजन तीव्ररुपमा कम हुन्छ र कहिलेकाहीँ यसको कारणले हृदयको गति बढ्ने, अधिक चिन्ता तथा इन्सोमेनिया जस्ता समस्याहरु पनि हुन सक्छन् ।

३. एड्रिनलको कमी

यदि शरीरले पर्याप्त मात्रामा कार्टिसोल उत्पन्न गर्न सकेन भने एडि्रनलको कमि हुन जान्छ । यसलाई एडिसनको बिमारी भनिन्छ ।

यो त्यही कार्टिसोल हो जुन स्ट्रेसका लागि जिम्मेवार हुन्छ । अधिक तनाव हुँदा कार्टिसोल अधिक उत्पन्न हुन्छ जुन एक सामान्य प्रक्रिया हो ।

तर, जो व्यक्तिहरुमा कार्टिसोल कम उत्पन्न हुन्छ उनीहरु तनाव सहन सक्षम हुँदैनन् । त्यसैले उनीहरु धेरै बिरामी पर्छन् ।

तीव्ररुपमा वजन घट्नु, चक्कर आउनु, हल्का महसुस गर्नु र कयौं प्रकारका इन्फेक्सन एडि्रनलको कमी भएको लक्षण हुन् ।

४. क्यान्सर

अचानक तौल घट्नुको एउटा कारण क्यान्सर पनि हुन सक्छ । डाक्टरका अनुसार क्यान्सर हुँदा शरीरको तागत कम हुँदै जान्छ । यसका कारणले शरीरको वजन घट्छ र शरीर पातलो देखिन थाल्छ ।

यसबाट ग्यास्टि्रक र प्यांक्रियाज क्यान्सरका अलावा फोक्सो, सिर, गर्दन र कालोरेक्टल क्यान्सर हुन सक्ने सम्भावना पनि हुन्छ । त्यसैले वजन घट्दा बेवास्ता नगरी तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।

५. तनाव

यस्ता व्यक्तिहरुको संख्या धेरै छ जो अफिसमा कामको चाप, घरको कलह र सामाजिक दवावका कारण अक्सर तनावमा रहन्छन् । अधिक तनावमा रहनाले उनीहरुको लाइफ स्टाइल प्रभावित हुन थाल्छ । उनीहरुलाई राम्ररी भोक लाग्दैन र भरपुर खाना खान सक्दैनन् ।

भोक नलाग्नाले शरीरबाट फ्लाइट हार्मोन निस्कन्छ जसले तनावलाई अझै धेरै बढाउँछ । यसका अलावा दिमागको हाइपोथेल्मसबाट कार्टिकोट्रोपिन नामक हार्मोन निस्किन थाल्छ जसले भोक लाग्न दिँदैन ।

यसका अलावा दिमागले एडि्रनल ग्ल्यान्डलाई पनि संकेत पठाउँछ जसले हार्मोनलाई असन्तुलित गरिदिन्छ । यसले गर्दा भोक कम लाग्छ र खाना कम खाने गर्नाले वजन पनि घट्न थाल्छ ।

६. पेटको रोग

सानो आन्द्रामा सही तरिकाबाट भोजनको शोषण हुन नसक्दा सिलिएक रोग, क्रोहन रोग, ल्याक्टोज बढ्ने तथा आन्द्रा टुट्ने जस्ता समस्या उत्पन्न हुन सक्छ ।

जब आन्द्राले जरुरी पोषक तत्वलाई शोषित गर्न सक्दैन, यस स्थितिलाई ‘मेलब्जप्र्सन’ भनिन्छ । सिलियक रोग जस्तो पेटको बिमारी सामान्यतया ठीक हुन्छ तर यदि अचानक वजन घटिरहेको छ भने डाक्टरसँग परामर्श गर्नुपर्छ ।

स्वास्थको सहयोगमा 

Topics #लगातार घटिरहनु