काने गुजी

कानभित्र एक प्रकारको तैलिय पदार्थ बनिरहेको हुन्छ, जसलाई चिकित्सकिय भाषामा ‘सिटोमिन’ भन्ने गरिन्छ । यसले कानमा जमेर बसेका फोहरलाई निकाल्ने काम गर्दछ ।

कानमा सिटोमिन बन्न कम भएमा वा बन्द भएमा कानमा फोहर जम्न सुरु हुन थाल्छ, जसलाई कानेगुजी भन्ने गरिन्छ ।

कानुगुजी सुकेमा कानमा ढुसी वा पिप बन्न सुरुहुन्छ । यदी यसमा लापवाही गरेमा पिडितले कम सुन्न थाल्छ । कानको पर्दामा दुलो पर्न थाल्छ । ज्वरो तथा अन्य संक्रमणका कारण पनि कानको पर्दामा प्वाल पर्ने गर्छ ।

कान रातो हुनु

पिन तथा चावीले कान कान कोट्याउने, कन्याउने तथा असुरक्षित पद्धतिद्धारा कानमा प्वाल पारेमा संक्रमण हुने गर्छ । क्रिम, तेल र अन्य औषधीको उपयोगका कारण कानमा एलर्जी भएर पनि कानको संक्रमण हुने गर्छ ।

संक्रमणका कारण कान रातो भई चिलाउने तथा कान दुख्ने गर्छ ।

कानमा सिटी बज्नु

फोनमा कुराकानी गरिरहेको बेला वा अचानक कानमा सिटी बज्न थालेमा यसलाई हल्का रुपमा नलिऔं । यो कान सम्बन्धि समस्या ‘एकास्टिक न्यूरोमा’को लक्षण हुनसक्छ । यसलाई बेवास्ता गरेको खण्डमा बहिरोपनाको समस्या हुनसक्छ ।

एकास्टिक न्यूरोमा एक प्रकारको ट्युमर हो, जसले क्यान्सर गराउँदैन, तर पनि यसले श्रवण क्षमतालाई कम गर्दै लगेर कहिलेकाही पटक्कै नसुन्ने बनाइदिन्छ ।

यसले अन्य थुप्रै गम्भीर समस्यासमेत उत्पन्न गर्छ । तर यहाँ समस्या के छ भने यस्तो लक्षण सजिलै देखिदैन र जबसम्म देखिन्छ , निकै ढिलो भइसक्छ ।

कानबाट पानी बग्नु

बारबार कानबाट पानी बग्नु पक्कै पनि सामान्य हैन । लामो समयसम्म कानबाट पानी बगिरहेमा बहिरोपना हुनसक्छ ।

वर्षमा ४-५ पटक भन्दा बढी टंसिल भएमा, धेरै चिसो महसुस भएमा, नाकले भन्दा मुखबाट धेरै सास लिनु परेमा र कान दुख्ने समस्या भइरहेमा त्यो कानकै समस्या हुनसक्छ ।

यस्तो अवस्थामा यथाशिघ्र चिकित्सकसित परामर्श लिनु जरुरी हुन्छ ।

अन्य लक्षण

कानमा जमेको मयल, टाउकोमा लागेको चोट, कानको पर्दा खराब भएमा पनि कानमा समस्या आउनसक्छ ।

त्यस्तै, परिवारका सदस्यामा बहिरोपनाको समस्या हुनु, गर्भावस्थामा हुने संक्रमणका कारण पनि कानमा समस्या आउन सक्छ । यस्ता समस्या भएमा तुरुन्त चिकित्सकसित सम्पर्क गर्नु उचित हुन्छ ।

स्वास्थको सहयोगमा 

 

Topics #कान बहिरोपन