१. साथीहरुको आलोचना

श्रीमान र श्रीमती दुवैले एक-अर्काका साथीहरुको बारेमा अनावश्यक नकारात्मक टिप्पणी गर्नु हुँदैन ।

२. काम तोक्ने

कहिलेकाहीँ श्रीमान वा श्रीमतीले कुनै पनि कामलाई तेरो वा मेरो भन्दै पन्छाउने गरेको पाइन्छ । तर वैवाहिक जीवनमा प्रवेश गरिसकेपछि कुनै पनि काममा एक-अर्काको सहयोगी बन्न सक्नुपर्छ । अन्यथा असन्तुष्टीले डेरा जमाउन सक्छ ।

३. अनावश्यक अपेक्षा

कतिपयले पति वा पत्नीबाट बढी नै अपेक्षा गरेका हुन्छन् । हरेक कुरा आफुले सोचेजस्तै ठिकठाक हुँदैन । त्यस्तो अवस्थामा कसैमाथि गुनासो गर्नु सहि हुँदैन । यस्ता कुराहरु विस्तारै आफै परिस्कृत हुँदै र माझिदै जाने कुरा हो ।

४. विवाहको खर्च

परम्परागत तवरबाट हुने कुनै पनि बिहेमा धेरथोर खर्च भइहाल्छ । तर, विवाहमा भएको खर्चलाई लिएर दैनिक श्रीमान-श्रीमतीबीच छलफल र बहस हुनु राम्रो होइन । यसले सम्वन्धलाई राम्रो गर्दैन ।

बरु, यसबेला बढेको आर्थिक व्ययभारलाई परिपूर्ति गर्नका लागि दुबैको सहयोगी सहकार्य आवश्यक हुन्छ । बिवाहको बेला धेरै खर्च भएको हुन्छ, त्यसैले बिवाहपछि अनावश्यक सपिङ गर्ने, घुमफिर गर्ने जस्ता खर्च बढाउने काममा नियन्त्रण गर्नुपर्छ ।

५.नातेदारमाथि मजाकः

न श्रीमानले न श्रीमतीले एक-अर्कापट्टकिा नातेदारमाथि मजाक र व्यंग्य गर्नु शोभनीय हुन्छ । ठट्टाको रुपमा पनि यस्तो कुराहरु पाच्य हुँदैनन् ।

कतिले एकअर्काको आफन्त, इष्टमित्रको कुरा काट्छन् । यस्तो प्रवृत्तिले दुबैको सम्बन्धलाई धरापमा पार्छ ।

६. पूर्वप्रेमीसँग तुलना

यस्तो त कदापी गर्नु हुँदैन । आफ्नो श्रीमान वा श्रीमतीलाई पूर्व प्रेमी-प्रेमिकासँग तुलना गर्न थालियो भने वैवाहिक जीवनमा गम्भीर समस्या उत्पन्न हुन सक्छ ।

स्वास्थको सहयोगमा 

Topics #आनीबानी त्याग्नु #दाम्पत्य जीवनमा खटपट #बिबाह पछि