१. कागतीको रस

कागतिमा भिटामिन सी पाइने हुनाले यसकाे प्रुयाेगले अनुहारकाे चायाँबाट मुक्ति पाउन सकिन्छ ।

कागतिको रसमा गहुको, पिठो ,बेसन मिसाई दिनहु अनुहारमा प्रयोग गरि एक घण्टा सम्म राख्ने त्यसपछि सफा पनि धुने, त्यस्तै गरि कागती र मह मिसाएर अनुहारमा लेपन गरिसके पछी करिब ३० मिनेट पछी सफा पानीले पखाल्नु पर्छ। नियमित प्रयोगले चायाँ अाएकाे अनुहारमा सुधार हुन्छ ।

२. गोलभेडाको जुस

गोलभेडामा पोटासियम,भिटामिन सी र लाइकोपिन पर्यप्ता मात्रमा हुन्छ । गोलभेडाको जुस लेपन गरिसके पछी करिब २० मिनेट पछी सफा पानीले पखाल्नु पर्छ।

यसको प्रयोगले अनुहारको छालालाइ सफा गर्नुका साथै नियमित प्रयोगले चायाँ हटाउनमा मदत गर्दछ । घरेलू सामग्रीको प्रयोगले छालाको बाहिरि सतहमा भएको फोहोर हटाइ अनुहारको सुन्दरतालाई बढाउछ ।

चायाँ हटाउन सुर्यको किरणबाट बच्नु पर्दछ । घाममा निस्किदा सनस्क्रिन र लोसन लगाउनु उपयुक्त हुन्छ । त्यसैगरी पानी प्रशस्त पिउने,ताजा तरकारी,फलफुल खाने गर्नु अनुहारकाे छालाका लागी लाभदायक हुन्छ ।

३. चामलको पिठाे,मुगकाे दाल ,दुध मिसाएर फेसप्याक बनाउने

यसको प्रयोगले कालो दाग,खटिरा साथै धुलो फोहोरबाट उत्पन्न हुने समस्याहरु पनि हटाउन मदत मिल्छ । यो जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । साथै आलु र गाजरको पनि पेस्ट बनाएर फेसप्याक बनाउन सकिन्छ ।

फेसप्याक अनुहारमा करिब ३५ मिनेट राख्नु पर्छ त्यसपछि मन तातो सफा पानीले धुनुपर्छ । यस्तो फेसप्याक नियमित प्रयोग गर्नाले अनुहार सफा र चम्किलो देखिन्छ ।

४. घिउकुमारीको रस

घिउकुमारी सबै रोगको लागि उपयोगी हुन्छ । यसको रसलाइ चाया भएको ठाउमा लगाई करिब ४५ मिनेट राख्नु पर्छ । त्यसपछि सफा पानीले धुनु पर्छ । यसको नियमित प्रयोगले अनुहार सफा र नरम बनाउन सहयाेग गर्दछ ।

स्वास्थको सहयोगमा 

Topics #अनुहारको चायापोतो हटाउने