१. कागतीको प्रयोग:

कागती दाँतको जीवाणुहरूलाइ मार्न र दाँतलाई सफा गर्न धेरै नै प्रभावकारी छ। खाना खाएपछि कागतीले दाँत सफा गर्नाले धेरै फाईदा हुन्छ।

दैनिक बेलुकाको खानापछि एउटा कागतीको रस निकालेर यसमा बराबर मात्रामा पानी मिलाउनुहोस्। खाना खाइसकेपछि यो पानीले कुल्ला गर्नुहोस्।

तपाइले दैनिक रुपमा यसो गर्दै जानु भयो भने तपाईको दाँतको पहेलो र सास गनाउने समस्याबाट छुटकारा पाउनु हुनेछ । यदि तपाइँ यो दैनिक गर्न सक्नुहुन्न भने हप्तामा एक पटक गर्नुहोस्।

२. बेकिंग सोडा:

दाँतको पहेलो हटाउन बेकिंग सोडा धेरै प्रभावकारी हुन्छ। हामीले जसरी नुनको प्रयोग गर्छौ बेकिंग सोडाको पनि एकै तरीकामा प्रयोग गर्नुपर्छ।

आफ्नो दाँत ब्रश गर्दा तपाईको ब्रशमा थोरै बेकिंग सोडा हाल्नुहोस् र बिस्तारै बिस्तारै आफ्नो दात सफा गर्नुहोस्। केहि दिनमै तपाइको दाँतमा भएको पहेलो हराउदै जानेछ।

३. दैनिक ब्रश:

कसैलाई चाँडै आकर्षित गर्नको लागि तपाईलाई हिरा जस्तो टल्किने मुस्कानको आवश्यक पर्दछ। पछिल्लो समयमा धेरै मानिसहरू पहेलो दाँतको समस्याले चिन्तित भैरहेका छन्। दाँतमा पहेलो हुनुको धेरै कारणहरू हुन सक्छ।

केहि मानिसहरू दैनिक रुपमा दाँत ब्रश गर्दैनन् भने केहि मानिसहरुले दुषित खानेकुरा खानाले दाँतमा पहेलोपन आउँछ। यसबाहेक, पानीमा क्याल्सियम, तम्बाखु र रङ्गीन खाद्य पदार्थको धेरै प्रयोग गर्नाले दाँतमा पहेलोपन गराउँछ।

४. नुनले सबैभन्दा बढी असर:

दातलाई सफा र मोती जस्तो सेतो बनाउनको लागि कतिपय मानिसले धेरै पहिलेदेखि नुनको प्रयोग गर्दै आएका छौ। नुनमा सोडियम र क्लोराइडको मात्रा अत्याधिक रुपमा पाइन्छ। जसले दाँतको पहेलोपन हटाउन मदत गर्छ।

दाँत ब्रश गर्दा सधै ब्रशमा पेस्टसँग थोरै नुन पनि राख्नुहोस्। तपाईले देख्नुहुनेछ कि तपाईको दाँत केहि दिनमा सफा हुनेछ। तर सावधान रहनुहोस् नुनको प्रयोगले दाँतको इनामेललाई क्षति पार्न सक्छ।

५. दूधको उत्पादन प्रयोग:

दाँत चम्काउनको लागि तपाईले बजारमा थुप्रै प्रकारका उत्पादनहरू पाउनुहुनेछ। तर यसबाट फाईदा मिल्नुको सट्टा नोक्सान गर्ने धेरै सम्भावना हुन्छ।

जुन तरीकाले प्राकृतिक उत्पादनहरूले तपाईको दाँतलाई सफा र बलियो बनाउन सक्छ, त्यो तरिकाले अरू कसैले पनि गर्न सक्दैन। दूध र दुधबाट बनेको उत्पादनले हाम्रो दाँतमा भएको पहेलो द्रुत गतिमा हटाउन मदत गर्छ ।

किनभने दूधमा ठूलो मात्रामा क्यालसियम पाइन्छ। जुन दाँतको लागि धेरै महत्वपूर्ण छ। जुन मान्छेको पहेलो दाँत छ त्यो मान्छेहरुले चिया र कफी नखानुहोस्।

स्वास्थको सहयोगमा 

 

Topics #दातँ सफा