मिठाई खान मन लाग्नु:

यदि तपाईलाई अचानक तनाव, अवसाद, थकान वा मीठाई खाने उत्सुक हुन्छ भने तपाईको शरीरमा चिनीको कमी भएको छ। यसको सुधार गर्न तपाईले एक सन्तुलित मात्रामा मह र चकलेट लिन सक्नुहुन्छ।

नङ खस्रो हुन थाल्नु:

यस समयमा भिटामिन बी उत्पादहरू युक्त खानेकुरा खानुपर्छ। जस्तै दूध, नरिवल र च्याउ यसका लागि उत्तम खाना मानिन्छ।

अनिद्रा र चिन्ता:

यदि तपाई अनिद्रा, चिन्ता र खुट्टा दुख्ने जस्ता कठिनाइहरूबाट गुज्रिराख्नु भएको छ भने म्याग्नेशियम र पोटाशियम युक्त खानेकुरा खान सुरु गर्नुहोस्। टमाटर, सुन्तला र पालक नियमित रूपमा सेवन गरेर यो समस्याबाट बच्न सक्नुहुन्छ।

गीजाबाट रगत आउनु:

यदि दाँत ब्रश गर्दा तपाईको गिजाबाट रगत आउन थाल्छ भने तपाईले बुझ्नु पर्छ कि शरीरमा भिटामिन सीको कमी छ। यो सुधार गर्न तपाईले खट्टे फल, पालक, हरियो र रातो खुर्सानी, क्याम्सिकम , टमाटर, गोभी र काउली खान सुरु गर्नुपर्छ।

जब छाला सुख्खा हुन्छ:

शरीरमा भिटामिन ई को कमीका कारण छाला सुख्खा हुन्छ। यसमा हरियो सब्जि, च्याउ, तेल, नरिवल र माछा खानु फाइदाजनक हुन्छ।

स्वास्थको सहयोगमा 

Topics #शरीरसँग सम्बन्धित #सङ्केत