प्याज र लसुनको चटनी

लसुन एक शक्तिशाली प्राकृतिक एन्टिबायोटिक, एन्टिफंगल र एन्टिब्याक्टेरियल हर्ब हो । यसले उमेरअनुसार हुने असामान्य शारीरिक परिवर्तलाई रोक्नुका साथै कैयौँ सम्भावित रोगसमेत निको पार्छ ।

अमलाको चटनी

अमलाको चटनी खानाले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसमा भिटामिन सीलगायतका पौष्टिक तत्व हुन्छन् । अमलाको चटनीमा अदुवा र कागती मिलाएर प्रयोग गरेमा मुटुरोगको सम्भावनाबाट पनि बचाउँछ ।

टमटरको चटनी

टमटरमा भिटामिन सी, लाइकोपिन, भिटामिन र पोटासियमको मात्रा अत्यधिक हुन्छ । टमटरको चटनीले शरीरमा कोलेस्ट्रोलको मात्रालाई काम गर्ने काम पनि गर्छ । तौल कम गर्न चाहनेका लागिसमेत टमटरको चटनी अचुक बन्न सक्छ ।

धनियाँको चटनी

धनियाँको चटनीमा भिटामिन सी र प्रोटिनको मात्रा अत्यधिक हुन्छ । धनियाँको चटनीको प्रयोगले मधुमेहजस्ता रोगलाई समेत दूर गर्ने काम गर्छ । यसका साथै पुदिनाको चटनीमा पनि एन्टिब्याक्टेरियल गुण हुन्छ ।

जसले कब्जियतजस्ता समस्याबाट छुटकरा दिलाउँछ । धनियाँ, अदुवा र लसुन मिसाएर चटनीको प्रयोग गरेमा स्वास्थ्यलाई निकै फाइदा पु¥याउँछ ।

स्वास्थको सहयोगमा 

Topics #चटनीका औषधीय गुण