मांसपेशी बाउँडिने अथवा फर्कने कारणहरु यस्ता छन्

रक्तसञ्चार राम्रे नभएमाः

शरीरमा रक्त सञ्चार राम्ररी नभएमा पनि मासु बाँउडिने गर्दछ । यसको रोकथामका लागि उक्त भागलाई कस्ने भन्दा पनि तातो लगाएर रक्त सञ्चारलाई प्रभावकारी बनाउनु पर्दछ ।

पोटासियमको कमीः

पोटासियमको कमीले पनि शरीरमा इलेक्ट्रोलाईटको मात्रा विग्रन्छ । जसले गर्दा खुट्टा बौडिने, मासु फर्कने लगायतका समस्या देखा पर्छ ।

यसबाट बच्न तथा शरीरमा पोटासियमको मात्रा बढाउन केरा, पात भएका तरकारी, ड्राई फुड्स लगायतका पोटासियमयुक्त खाना खानु उचित हुन्छ ।

बसाई नमिलेमाः

हामीमध्य धेरैजसो बसाईंमा त्यति ध्यान दिँदैनौ । जसले गर्दा शरीरमा बसाईंको तालमेल मिल्दैन । यसल शरीरको एउटा भागमा मात्र प्रेसर पर्न गई उक्त भागमा पोषण लगायतको अक्सिजनको कमी भएर मासु बाउँडिने गर्दछ ।

पानीको कमीः

शरीरमा पानीको कमीले गर्दा पनि मानिसहरुलाई मांसपेशी बाउँडिने समस्या हुने गर्छ । शरीरमा पानी कम हुँदा शरीरमा पौष्टिक तत्वको कमी हुन्छ ।

शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाईको मात्रा विग्रने हुँदा यो समस्या उब्जन्छ ।

स्वास्थको सहयोगमा