सुत्दा खेरी राति औछ्यानमा पिसाव फेर्ने बच्चामा धेरै हुन्छ । युवाहरुमा पनि यो समस्या हुनसक्छ तर नगन्य मात्रामा | २५ प्रतिशत बच्चाहरु पाँच वर्षको भएपछि ओछ्यान मुत्ने बानी मा कन्ट्रोल गर्नसक्छन् ।

हुन त उमेर बढ्दै जाँदा यो रोग कम हुँदै जान्छ । दश वर्षको उमेर पछि यो समस्या पाँच प्रतिशत बच्चाहरुमा मात्र देखिन्छ । यसै गरी १५ वर्षको उमेर पछि मात्र १ प्रतिशत मानिसहरुमा यो समस्या रहन्छ ।

धेरैजसो केटाकेटीहरु गहिरो निन्द्रामा सुत्दछन् । राति उनिहरुको निन्द्रा खुल्दैन र ओछ्यानमै पिसाव गरिदिन्छन् । यस्तै स्ट्रेस, कब्जियत, दिमागको सुस्तिको कारणले पनि यो समस्या हुन्छ । यसको अलावा पेटमा जुका हुनु, मृगौलाले ठिकसँग काम नगर्नु, मधुमेह, ब्लाडर सानो हुनु, मुत्राशयमा शोथ हुनु, मृगौलामा पत्थरी हुनु आदि हुनसक्छ ।

यस्तै मनोवेज्ञानिक समस्या जस्तै- मन्दबुद्धीको हुनु, मानसिकरुपमा अविकशित हुनु, असुरक्षाको भावना, अचानक डरलाग्दो सपना देख्नु, हरेक समय गालि गर्ने, पिटाईखाने, सजाय पाउने डर हुनु, मनमा कुनै द्वन्द्व चल्नु, डर आदी ।

के गर्ने त ?

१. सुत्नु अगाडि अनिवार्य रुपमा पिसाव गर्ने ।
२. कोल्टे परेर सुत्ने बानि लगाउने ।
३.बच्चाको आत्मविश्वास जगाउने, अरुकोभन्दा उसको प्रसंसा गर्ने ।
४.जुन दिन बच्चाले राति ओछ्यानमा पिसाव फेर्दैन, त्यो दिन बिहान ऊसलाई स्याबासी दिएर प्रोत्साहन गर्ने ।

के न गर्ने ?

१. उत्तानो परेर न सुत्ने ।
२. सुत्नु भन्दा एकघन्टा अगाडि कुने पनि पेय पदार्थ वा पानी नपिउने ।
३. बच्चालाई परिवारको अगाडि या साथिभाइहरु को अगाडि हास्यको पात्र नबनाउने ।
४. डर लाग्ने खालका हिंस्रक फिल्म, टिभीको कार्यक्रम राति नहेर्ने ।
५. मारपिट गर्ने, सजाए दिने वा कराएर बच्चाको मनमा डर उत्पन्न नगराउने ।