आधुनिक जीवनमा टन्सीलाईटीस अर्थात घाँटीको समस्याले प्राय: जसो घरका एक सदस्य खासगरी केटा-केटिहरुलाई बेलाबखतमा दुख: दिइरहेको हुन्छ ।

टन्सील शरीरको रोग प्रतिरोधात्मक प्रणालीको एक महत्वपूर्ण हिस्सा हो । जसले नाक र मुखबाट पसेका किटाणुहरुलाई नष्टगर्ने काम गर्दछ अर्थात यसले द्वारपालको काम गर्दछ भन्दा फरक न होला ।

कहाँ हुन्छ टन्सीलाइटिस

मुख ‘आँ’ गर्दा जिब्रोको फेदमा उपजिह्वा (किल्किले) को दुवै भागमा रहेको गाँठो रातो र सुन्निएको छ भने सम्झनुपर्छ व्याक्तिलाई टन्सीलाइटिस भएको छ । यदि दुवै भागको गाँठो सुन्निनु, दुख्नु र रातो भई पाक्नु र पिप जमेको अवस्थालाई अंग्रेजीमा टन्सीलाइटिस भनिन्छ ।

कारण

टन्सील हुने कारणहरुमा सामान्यतया, बिटा-हेमोलाइटिक-स्ट्रेपटोकोक्कस, स्टेफिलो कोक्कस आउरस, नामक बेक्टेरियाले गर्दा हुने गर्दछ भने अन्य पूर्ववर्ती कारक तत्वहरुमा मुखको दन्त स्वच्छतामा कमि हुनु, पोषणयुक्त भोजनको अभाव, धेरै भिडभाड भएको बस्ति वा ठाँउमा बस्नु, स्वच्छ हवाको आवागमन हुने (भेन्टिलेसन) भएको कोठा नहुनु आदी ।

लक्षणहरु

१.सुरुमा बिरामीलाइ घाटीमा अफ्ठयारो हुनछ्र
२.भोक नलाग्ने र अल्छि लाग्न सक्छ्र
३.बिस्तारै ज्वरो आउन थाल्छ्र
४.टन्सिलहरु सुनिएको र रातो रातो देखीन्छ
५.त्यसपछि पनि निक्लिन थाल्छ्र
६.पिप बग्ने वा सुजन हुनछ्र
७.लिम्फमा तन्तुहरु सुनीन्छ र कडा हुन्छन्र

उपचार

१.टन्सीलको शुरुवातमा एकगिलास पानीमा एक चुटकी नुन हालेर गार्गिल गर्दा गलाको सुजनमा धरै लाभदायक हुन्छ ।२.आराम गर्नु पर्छ्र
३.झोल कुराहरु खानु पर्छ्र
४.ज्वरो कम गर्ने र दुखाई कम गर्ने एनेल्जेसिक दिनुपर्छ्र
५.चिसो र चिल्लो वाट टाडै रहनु पर्छ ।

६.दुध, फलफुलको रस, बार्ली, साबुदाना, दलिया, शाकाहारी या मान्साहारी सुप खानु पर्छ । खानामा नुन नहालेको उमालेको सब्जीहरु खानाले टन्सील चाँडै आराम हुनमा सहयोग पुर्याुउँछ ।