१. कहिलेकाँही भाँडा माझ्दा या कपडा धुँदा पानीको असर देखिन्छ त्यस्तो असर कम गर्न केराको बोक्रा लाभदायक हुन्छ ।

२. केराको बोक्राले दाँतमा घोट्यो भने दाँतको पहेँलोपन हट्छ ।

३. यदि तपाईको शरिरमा मुसा आएको छ भने उक्त मुसा भएको ठाउँमा केराको बोक्रा टेपको सहायताले केहीदिनसम्म टाँस्यो भने मुसा भगाउन सकिन्छ

४. केराको बोक्राले गमलामा सजाइएका केही फुलहरुको पातलाई चमकदार बनाउन सकिन्छ ।

५. बोटबिरुवालाई आवश्यक पर्ने मल बनाउनपनि केराको बोक्रा राम्रो हुन्छ ।

६. केराको बोक्रालाई अन्य परिकारहरुमा मिसाएर स्वादिलो बनाएर खानपनि सकिन्छ ।

७. केराको बोक्रा अनुहारमा दल्नाले अनुहारमा चमक आउँछ ।

८. यदि कुनै मानिस तनाबमा छ भने एक गिलास पानीमा सफा केराको बोक्रा भिजाएर खायो भने तनाब कम हुन्छ ।

९. टाइट कपडा लगाउँदा हुने दाग मेटाउन केराको बोक्रा उपयोगी हुन्छ ।

१०. घरमा जुत्ताको पोलिस सकिएको छ तर केराको बोक्रा छ भने त्यही बोक्रा दल्दापनि जुत्तामा चमक आउँछ ।

Topics #केराको बोक्रा