दाह्री काट्न आउँछ ?

हामीले नियमित रूपमा दाह्री काट्ने गरेका छौं । तर दाह्री कसरी काट्दा स्वस्थकर एवं वैज्ञानिक हुन्छ भन्ने जानकारी कमैलाई हुन सक्छ । हामीमध्ये धेरैजसोले दाह्री काट्ने तरिका आफ्ना बुवा, काका, दाइ वा कुनै आफन्तबाट सिकेका हुन्छौं ।

दाह्री काट्न नजान्दा हामीले धेरै प्रकारका संक्रमण, छालासम्बन्धी समस्या निम्त्याउन सक्छौं ।
अनुहारमा डन्डीफोर/एक्ने भएकाहरू, रूखो वा संवेदनशील छाला भएकाहरू, विभिन्न प्रकारका एलर्जी लगायतका समस्यासँग जुध्नेहरूले आफूलाई अनुकूल हुने गरी दाह्री काट्ने सामग्री र तरिका अपनाउनुपर्छ ।

डन्डीफोर भएकाहरूले विशेष सावधानी अपनाउनुपर्छ । धारिलो नभएको वा धेरैपटक प्रयोगमा आइसकेको ब्लेडले दाह्री काट्दा समस्या हुन सक्छ । यस्तो अभ्यासले छाला रातो हुन सक्छ ।

साथै गाला वा घाँटीमा छाला ताछिने, कालाकाला दाग आउने पनि हुन सक्छ । एक व्यक्तिको अनुहारमा औसत करिब २५ हजारजति रौं हुन्छन् । अनुहारको रांै एकदिनमा आधा मिलिलिटरको गतिले बढ्ने गर्छ ।

कुन समय उपयुक्त ?

कतिपय व्यक्तिले बिहान उठ्नासाथ त, कतिले साँझतिर वा केहीले त बिहान र साँझ दुवै समयमा दाह्री काट्ने गर्छन् । अमेरिकन एकेडेमी अफ डर्मेटोलजी (एएडी) का अनुसार दाह्री नुहाएलगतै काट्नु उपयुक्त हुन्छ । यो समय छाला पानीले राम्ररी भिजेको हुन्छ ।
अझ मनतातो पानीले नुहाएपछि दाह्री काट्नु निकै राम्रो मानिन्छ । मनतातो पानीले राम्ररी भिजाएर दाह्री काट्दा मासंपेशीले आराम पाउँछ, रोमछिद्रसमेत खुला हुन्छ ।

दाह्री काट्दा ध्यान दिनु पर्ने कुरा |

  1. मनतातो पानीले अनुहार राम्ररी भिजाउनुपर्छ ।
  2. उपयुक्त सेभिङ क्रिम, जेल वा साबुन लगाएर अनुहारमा सेभिङ ब्रसको सहयोगले राम्ररी दल्नुपर्छ । यसो गर्दा दाह्री नरम मात्र हँुदैन, छालामाथिको मृतकोषिकासमेत हट्छ ।
  3. जेल वा फोम औँलाले होइन, सेभिङ ब्रसले अनुहारमा लगाउनुपर्छ । यसो गर्दा मजाले पिँmज आउँछ, छालाको रक्तसञ्चार बढ्छ, अनुहारको व्यायामसमेत हुन्छ । क्रिम राम्ररी लागेपछि दाह्री काट्न सजिलो हुने भइहाल्यो ।
  4. दाह्री काट्नुभन्दा अघि नै ब्लेड धारिलो छ कि छैन भन्ने सुनिश्चित गर्नुपर्छ । ब्लेडको गुणस्तर हेरेर, प्रयोग गर्दा दुखाएको छ कि, यो कुरा विचार गरेर निश्चित अन्तरालमा ब्लेड बदल्नुपर्छ ।
  5. रेजरले अनुहारमा लामो स्ट्रोक्स लगाउनुपर्छ । यसो गर्दा ब्लेडमा दबाब कम पर्छ, राम्रो सेभिङ हुन्छ ।
  6. दाह्री काट्दा रेजरलाई बारम्बार पानीले सफा गर्नुपर्छ । यसो गर्दा रेजरमा अडकेको रौँ निस्किन्छ र राम्ररी काट्छ ।
  7. रेजरको प्रयोग रांै उम्रने दिशातिर गर्नुपर्छ । घाँटी, गाला, ओठ तल लगायत भागमा रांै उम्रने दिशा फरकफरक हुन्छ ।
  8. दाह्री काटेपछि अनुहार मनतातो वा सामान्य पानीले राम्ररी धोएर एन्टिसेप्टिक लोसन, फिटकिरी अनि जाडो याम भए मोइस्चराइजर लगाउनुपर्छ ।
  9. दाह्री काट्दा हुन सक्ने संक्रमणबाट जोगिन रेजरलाई सधैँ राम्ररी धोएर सुक्खा राख्नुपर्छ । सातामा एक पटक तातो पानीमा उमाल्ने वा घाममा केही बेर राख्ने गर्दा संक्रमणको सम्भावना कम हुन्छ ।
  10. आफूले उपयोग गर्ने रेजर अरूलाई दिनु हुँदैन । सैलुनमा दाह्री बनाउँदा ब्लेड नयाँ भएको र औजार संक्रमणमुक्त भएको सुनिश्चित गर्नुपर्छ ।

    दाह्री

    १.एक व्यक्तिको दाह्रीको औसत लम्बाइ वार्षिक रूपमा ५.५ इन्च हुन्छ ।

    २.तपाईंले कहिल्यै काट्नुभएन भने दाह्री २७.५ फिटसम्म लामो हुन सक्छ ।

    ३.एक व्यक्तिको जीवनकालमा दाह्री काट्नमा औसत रूपमा करिब ६२ दिन बित्ने गर्छ ।

    ४.एक महिनामा रांै एक सेन्टिमिटरले बढ्छ ।

    ५.दाह्री रातिभन्दा दिनमा बढी छिटो बढ्ने गर्छ ।

    ६.दाह्रीले प्रदूषण र धूलोसम्बन्धी एलर्जीबाट जोगाउँछ ।

    ७.दाह्रीजुँगाले सूर्यबाट निस्किने ९५ प्रतिशतसम्म परावैजनी किरणबाट जोगाउँछ ।

    ८.दाह्री पाल्दा छाला सुक्खा हुन पाउँदैन ।