घाँटीको खसखस र खोकी

घाँटीमा खसखस भयो वा खोकिले सतायो भने मिश्रीको सानो टुक्रा मुखमा राख्नाले समस्या समाधान हुन्छ ।
बच्चाहरुलाई पनि रुघाखोकी हुँदा मिश्री खुवाउन सकिन्छ । मिश्रीलाई पानीमा मिसाएर पिउँदा आराम मिल्छ ।

यसका अलावा मिश्रीमा मरिचको धुलो र घिउ मिलाएर पेस्ट बनाउनुपर्छ । राति सुत्नुअघि मनतातो पानीका साथ एक चांथाई चम्चा लिनुपर्छ । यसबाट खोकी ठिक हुन्छ ।

हात, गोडाको जलन ठिक गर्छ

नौनी घ्यू र मिश्रीलाई बराबर मात्रामा मिलाएर लगाउँदा हात–गोडाको जलनबाट मुक्ति पाउन सकिन्छ । दुवै चिजले चिसो दिन्छन् । खानामा नौनीघ्यू र मिश्रीको मिश्रण पनि उपयोगी हुन्छ ।

हेमोग्लोबिन बढ्छ

तातो दुधमा केसर र मिश्री मिसाएर पिउँदा शरीरमा शक्ति तथा स्फुर्ति आउँछ । यसले शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ । यसबाट त्वचामा कान्ति छाउँछ । यो दूधले यौन दुर्बलता कम गर्न पनि सहयोग गर्छ ।

गर्मीमा मिश्री

मिश्रीमा मिठास र चिसोपना दुवै गुण हुन्छन् । कडा गर्मीमा मिश्रीको उपयोग चिसो पेय बनाउनका लागि गरिन्छ । एक गिलास पानीमा मिश्री मिलाएर पिउँदा गर्मीबाट राहत मिल्छ र शरीरलाई तागत पनि प्राप्त हुन्छ ।

मुखको कालो छाला ठीक गर्छ

मुखको छाला कालो भयो भने मिश्रीलाई अलैंचीसँग मिलाएर पेस्ट बनाउनुहोस् । यो पेस्ट लगाउँदा कालो छाला चाँडै हट्छ ।

पाचन यन्त्रलाई ठिक राख्छ

मिश्रीको सेवन खाली माउथ फ्रेसनरका लागि नभएर पाचन क्रिया सुधार्नका लागि पनि गर्न सकिन्छ । यसमा रहेको तत्व आन्द्राका लागि फाइदाजनक हुन्छ । यसको सेवन सुपनको बिजसँग गर्न सकिन्छ ।

दैनिक खानापछि मिश्रीको थोरै मात्रामा सुप मिसाएर खाने गर्नुहोस् । यसले पेटलाई चिसो राख्नेछ । यसले अमिलो डकार र मुखको दुर्गन्धलाई पनि तुरुन्तै हटाउनेछ ।

स्वास्थको सहयोगमा 

Topics #मिश्रीका फाइदा