चिसो भगाउनः

जाडोमा चिसो भगाउन पनि ल्वाङको प्रयोग गर्न सकिन्छ । नियमित ल्वाङको प्रयोगले चिसो मौसममा लाग्ने कतिपय भाइरल रोगबाट बच्न सकिन्छ । यसले चिसोसम्बन्धी रोगलाई निको पार्ने काम गर्छ ।

घाँटीको समस्याः

जाडोमा धेरैलाई घाँटीको समस्या हुन्छ । घाँटी खसखसाउनु वा चिलाउनु सामान्य हुन सक्छ । तर, कहिलेकाहीँ घाँटीमा गम्भीर असर पनि देखिन सक्छ । जसका कारण अत्यधिक दुखाइ हुन्छ । ल्वाङको प्रयोगले यस्तो समस्याबाट छुटकारा मिल्न सक्छ ।

पेटको दुखाइः

पेट दुखाइबाट ग्रसित मानिसका लागि ल्वाङ निकै लाभदायक हुन्छ । ग्यास्ट्रिकको समस्या भएकाहरुले पनि ल्वाङको प्रयोग गर्दा राम्रो हुन्छ ।

ल्वाङको प्रयोगपछि यस्तो समस्या हुनेलाई राहत मिल्न जान्छ । खानापछि सधैँ एउटा ल्वाङ चपाउने बानीले शरीरमा सकारात्मक असर पार्छ ।

टाउको दुखाइः

ल्वाङले टाउको दुखाइको समस्या भएकालाई पनि आराम प्रदान गर्छ । धेरैको बानी हुन्छ कि टाउको दुख्नेबित्तिकै औषधिको प्रयोग गर्ने ।

तर, औषधिको प्रयोगले साइड इफेक्टको सम्भावना पनि उत्तिकै हुन्छ । ल्वाङ यस्तो औषधि हो, जसको कुनै साइड इफेक्ट हुँदैन ।

छालाको दाग हटाउनः

ल्वाङले छालासम्बन्धी विभिन्न समस्याबाट मुक्त पार्ने काम गर्छ । मुसा, ब्ल्याक हेड्स, ह्वाइट हेड्सजस्ता समस्या भएमा ल्वाङको तेल प्रयोग गर्दा हुन्छ ।

यसको तेल प्रयोग गर्दा भने फेसप्याकमा अलिकति मिसाउने गर्नुपर्छ । यसलाई सीधै छालामा छुवाउनुचाहिँ हुँदैन । ल्वाङको तेलले छाला र अनुहारलाई सफा गर्ने काम पनि गर्छ ।

स्वास्थको सहयोगमा 

Topics #ल्वाङ खानुको फाइदा