१. ढलान भएको वा खोंचमा घर बनाउनु उपयुक्त हुँदैन ।

२. हावा, पानी, प्रकाश, चौडा गल्ली भएको स्थान बसोबासका लागि उपयुक्त मानिन्छ ।

३. त्रिभूज आकारको जग्गा कहिले पनि खरिद गर्नु हुँदैन । एकतिर ठूलो चौडा र अर्कोतिर एकदमै कम चौडा भएको जग्गा पनि शुभ मानिदैन ।

४. भान्सा, बगैंचा अदि मूख्य द्वारको सामुन्ने बनाउनु हुँदैन ।

५. मूख्य ढोकाको सामुन्नेमा पर्खाल हुनु हुँदैन ।

६. सार्वजनिक ट्यांकीको छायाँमा घर बनाइयो भने, त्यहाँ बसोबास गर्न योग्य मानिदैन ।

७. दुई ठूलो घरको बिचमा एक सानो घर भए, त्यस्तो सानो घरमा बस्नु उपयुक्त हुँदैन ।

८. कुनै गल्ली वा आवास स्थलको अन्तिममा बनेको घर खरिद गर्नु उपयुक्त मानिदैन । सडक किनारमा बनेको घर पनि शुभ मानिदैन ।

९. घरमा पर्याप्त प्रकाशको व्यवस्था हुनुपर्छ । साथै ताजा हावा आउजाउ गर्ने हुनुपर्छ ।

१०. वास्तु अनुसार शयनकक्ष अर्थात बेडरुम यस्तो हुनुपर्छ कि, सुतेको समय खुट्टा उत्तर दिशा र टाउको दक्षिण दिसामा होस् । सुतेको समयमा व्यक्तिको खुट्टा ढोकातर्फ हुन हुँदैन ।

११. वास्तु अनुसार शौचालय घरको पश्चिम दिशामा बनाउनुपर्छ ।

१२. वास्तु अनुसार किचन घरको अग्नेय कोणमा हुनुपर्छ । खाना खाएको समयमा हाम्रो मुख पूर्व वा उत्तर दिशामा हुनुपर्छ । यसले सकारात्मक उर्जा संचार हुन्छ ।

१३. घर बनाउने स्थानमा दुर्गन्धित ढल, वर्कसप आदि भएको राम्रो मानिदैन ।

स्वस्थको सहयोगमा 

Topics #घर निर्माण #वास्तु विज्ञान