रमाइलो गर्ने

रिसाहा र झर्किने खालको प्रेमी चाहँदिनन् एक युवतीले । उनीहरू बुद्धिमान् र रमाइलो गर्ने खालको युवकलाई दिल दिन्छन् ।

आफू पनि खुशी रहने अनि प्रेमिकालाई खुशी राख्ने युवकलाई युवतीले मन पराउँछन् । प्रेमिकाको सानो गल्तीलाई बढाइचढाइ गरेर रुवाइदिने युवकलाई युवतीले दुत्कार्छन् ।

आत्मविश्वासी

आजकलका केटा हरेक कुरामा कन्फ्युज हुन्छन् । यस्ता कन्फ्युज्ड केटालाई युवतीहरूले मन पराउँदैनन् । आत्मविश्वासी तथा आफूमाथि भरोसा राख्ने केटालाई युवतीहरू मन पराउँछन् ।

कलाकार

कलाकारिता जानेका युवकलाई युवतीले मन पराउँछन् । भनिन्छ नि, गितार बजाउन जान्ने केटाले सजिलै केटी पट्याइदिन्छ । बोल्ड नेचर भएका अनि प्रतिभाशाली युवकलाई युवतीले मन पराउँछन् ।

खुल्ला विचार

आजकल सम्बन्ध छिटो टुक्रिनुमा पार्टनरहरूले एकअर्कालाई बढी रोकटोक लगाएर हो । आफ्नो प्रेमीले आफूलाई बढी रोकटोक गर्न थाल्यो भने युवतीलाई झिँझो लाग्छ ।

खुल्ला विचार राख्ने र पर्सनल स्पेस दिने युवकलाई मात्र युवतीले मन पराउँछन् ।

स्वास्थको सहयोगमा 

Topics #केटालाई मन पराउँछन् #युवतीहरूले यस्तो स्वभाव