-मेहदी लगाइसकेपछि पखाल्दा पनि उत्तिकै ख्याल गर्नुपर्छ । स्याम्पु र कन्डिसनर राम्रो उत्पादनको हुनुपर्छ । रंगीन कपालकै लागि भनेर बनेका विशेष स्याम्पु र कन्डिसनर प्रयोग गर्नुपर्छ ।

जस्तो, कपालको मेहदी पखाल्दा राम्रो स्याम्पु या कन्डिसनर प्रयोग गर्नुपर्छ ।

-कपालमा मेहदीको रङ तपाईंले अपेक्षा गरेअनुसार भएन भने के गर्ने ? वेलैमा विचार नपु-याउदा
समस्या पक्कै हुन्छ, न तत्काल कपाल काट्नु, न रातारात लामो पार्न सक्नु ।

त्यसैले सुरुमै मेहदीको क्वालिटीमा विचार पु-याउनुपर्छ ।

-मेहदी लगाएको कपाल सुक्खा हुन्छ, समस्या यही हो । मेहदीमा थोरै तेल मिसाएर लगाउ“दा केही कम सुक्खा गराउछ । मेहदी पखालेपछि पनि बदामको तेलले मालिस गर्नु उत्तम हुन्छ ।

-मेहदीले कपालको बनोटमा पनि प्रभाव पार्न सक्छ । कपालको संरचना सही राखिराख्न मेहदीमा अमला पाउडर मिलाएर लगाए अझ फाइदा गर्छ ।

स्वास्थको सहयोगमा 

Topics #मेहदी प्रयोग