कम समय निदाउनु

भनिन्छ कि निद्रा हरेक रोगको औषधि हो । सातदेखि आठ घन्टाको पर्याप्त निद्राले तपाईंलाई स्वस्थ मात्र होइन, सुन्दर र उर्जावान पनि बनाइराख्छ ।

पर्याप्त निदाइएन भने शरीर थाकिरहेको हुन्छ र त्यस थकानलाई मेटाउनका लागि पर्याप्त उर्जाको आवश्यकता हुन्छ जुन भोजनबाट प्राप्त हुन सक्छ ।

उर्जा नहुँदा बारम्बार भोक लागिरहन्छ । एकपटक उर्जा प्राप्त भयोउ भने लगातार भोकको समस्या रहँदैन ।

बिहान नास्ता नखानु

६ देखि ८ घन्टासम्म सुतिसकेपछि शरीरलाई फेरि उर्जा प्राप्त गर्न खाद्यपदार्थको आवश्यकता पर्छ । बिहानको नास्ताले ब्लड सुगरलाई स्थिर राख्छ जसले गर्दा दिनभर भोक लागिरहँदैन ।

यदि आफ्नो नास्तामा प्रोटिनयुक्त वस्तुहरु समावेश गरियो भने बारम्बार भोक लाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

हतारमा खानु

हतार गरेर खाने बानी छ भने यो बानी छाड्नुपर्छ । बिस्तारै बिस्तारै चबाएर खाने गरौं । यसले गर्दा खाएको खाना पेटमा राम्ररी पच्छ र यसमा रहेका सबै पोषक तत्वले शरीरलाई उर्जा दिन्छ । त्यसो भएमा बारम्बार भोक लाग्ने समस्या रहँदैन ।

पानी कम पिउनु

भोक शान्त गर्ने एउटा उपाय टन्न पानी पिउनु पनि हो । पर्याप्त पानी नपिउँदा शरीर डिहाइड्रेट हुन्छ र हामी थाहा पाउन सक्दैनौं के भइरहेको छ भनेर ।

हामीलाई लाग्छ कि केही खाएमा ठिक हुन्छ र खाइरहन्छौं । जाडोमा पानीको कमीले अक्सर यो समस्या हुन्छ । यसले गर्दा तौल पनि कम हुन्छ र कमजोरी बढ्छ ।

प्रोटीन र फाइबरको कमी

हामीले गर्ने भोजनमा सही परिमाणमा प्रोटीन र फाइबर भएन भने पनि हरेक समय भोक लागेको महसुस भइरहन्छ । जब प्रोटिन र फाइबरयुक्त भोजन गर्छौं, त्यतिबेउला पेटबाट यस्तो हार्मोन्स निस्किन्छ, जसले भोकलाई शान्त गरिदिन्छ ।

पर्याप्त क्यालोरी नलिनु

शरीरलाई सम्पूर्ण आहाराको आवश्यकता हुन्छ । यस्तोमा ‘फिगर कन्सस’ भएर महिलाहरु क्यालोरी कम भएको खाना खाने गर्छन् । यस्तो खानेकुरा शरीरका लागि हानिकारक हुन्छ ।

शरीरमा पर्याप्त मात्रामा क्यालोरीको त्यति नै आवश्यकता हुन्छ जति अन्य पौष्टिक तत्वको । क्यालोरीरहित खानेकुरा खाइयो भने शरीरमा यसको कमि यथावत रहन्छ र सदैव भोक लागिरहन्छ ।

अन्य समस्याहरु

यदि माथिका कुराहरु पालना गर्दा पनि बारम्बार भोक लाग्ने समस्या हटेन भने एक पटक डाक्टरलाई भेट्नु राम्रो हुन्छ । हुन सक्छ कुनै रोगले गर्दा यस्तो भइरहेको होस ।

कतिपय अवस्थामा मधुमेह जस्ता रोगहरुको सुरुवाति चरणमा पनि भोक लागिरहने समस्या हुन्छ।

स्वास्थको सहयोगमा 

Topics #भोक लागिरहनु का कारण