नियमित रूपमा मखना खाँदा शरीरमा इन्सुलिनको स्तर सन्तुलनमा रहन्छ जसकारण मधुमेह नियन्त्रणमा रहन्छ । मखना खाँदा मधुमेह नै लाग्न पाउँदैन ।

मखनाले शरीरका विषाक्त पदार्थ बाहिर निकाल्न सहायता गर्छ । यसले मिर्गौलाको समस्या पनि टार्छ ।

मखनामा पर्याप्त मात्रामा क्याल्सिम हुनाले हाडहरू बलियो हुन्छन् । यसको नियमित सेवनले हाड, कम्मर, जोर्नी र घुँडाको पीडाबाट मुक्ति प्राप्त हुन्छ ।

यसमा प्रोटीन, क्याल्सियम, पोटेसियम र सोडियम पर्याप्त मात्रामा पाइन्छ । यसको १०० ग्राममा ३५० क्यालोरी हुन्छ ।

मखनामा भएको एन्टीअक्सिडेन्टले शरीरमा कोलेस्ट्रोलको स्तर घटाउँछ जसकारण मुटु स्वस्थ रहन्छ ।

स्वास्थको सहयोगमा

Topics #मखना खाँदाका फाइदा