स्नेक प्लान्ट

यसले नाइट्रोजन अक्साइड र प्रदूषित हावा खिचेर बेडरूममा ताजापन ल्याउँछ । शुद्ध हावा आउन पाउँछ । राति अन्य बिरुवाले नाइट्रोजन छोड्दा यसले चाहिँ अक्सिजन दिन्छ ।

घिउकुमारी

घरमा घिउकुमारी लगाउँदा सुन्दर देखिन्छ । यसले राति अक्सिजन छोड्छ र राम्रो निद्रा ल्याउन सहायता गर्छ । अनि यसले घरमा ताजापन ल्याउँछ ।

आइभी प्लान्ट

यसले हावालाई शुद्ध बनाउँछ । दमका रोगीहरूका लागि यसले धेरै फाइदा गर्छ ।

लेभेन्डर प्लान्ट

शयनकक्षमा लेभेन्डरको बिरुवा लगाउँदा कोठाको तनाव हट्छ । आत्तिइने र तनाव लिने पनि यसले हुन दिँदैन । मुटुको ढुकढुकीलाई पनि यसले सामान्य बनाउँछ ।

चमेली

चमेलीको तीखो सुगन्धले राम्रो निद्रा लगाइदिन्छ । पर्याप्त निद्रा आएमा कार्यक्षमता बढ्छ र हरेक काममा मन लाग्छ ।

स्वास्थको सहयोगमा 

Topics #कोठाको वातावरण राम्रो #बेडरूममा यस्ता बिरुवा