—यदि बच्चाले सागपात, फलफुल, दूध आदि खान आनाकानी गर्छन् भने अरु उपाय लगाएर भए पनि उनहिरुर्लाइ ती चिजहरु खान दिनुपर्छ ।

— उनीहरुले रुचाउने बजारिया खानेकुराहरु यदि घरमै बनाउन सम्भव छ भने त्यो प्रयास गर्नुहोस । घरमै बर्गर र पिज्जा बनाउनुस र तिनीहरुमा बढिभन्दा बढि हरियो सागपात समावेश गर्नुहोस ।

— स्कुलका टिफिन बक्समा हरेक दिन बच्चाहरुलाई केही नयाँ कुरा राखिदिनुहोस । तर, ती चिजहरु पोषक तत्वबाट भरिपूर्ण हुनुपर्छ ।

—घरमा यस्ता खानेकुराहरु राख्ने गर्नुहोस जुन स्वादिष्ट हुनुका साथै स्वाथ्यलाई पनि लाभदायक होस जंक फुड सकभर घरमा राख्दै नराख्नुहोस् ।

—बच्चालाई सबै परिवारसँगै बसेर खाना खान दिनुहोस। बच्चाले जे कुरा खानलाई आनाकानी गर्छन्, त्यो उनीहरुकै अगाडि आफूले खाएर देखाउनुपर्छ ।

स्वास्थको सहयोगमा 

Topics #बच्चालाई जंकफुड