ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको पछिल्लो वार्षिक प्रतिवेदनले विश्वको सबैभन्दा भ्रष्टचार हुने मुलुकमा सोमालिया, साउथ सुडान, उत्तर कोरिया र सिरियालाई राखेको छ। सोमालिया विगत १० वर्षदेखि १० अंकसहित विश्वको सबैभन्दा भ्रष्ट मुलुकको स्थानमा पर्दै आएको छ।

व्यवसाय तथा सरकारी स्रोतको मिश्रित आँकडाका आधारमा यस संस्थाले वार्षिक आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ। भ्रष्टाचार मानक सूचीमा नेपालको स्थान २९औं स्थानमा रहेको छ। यस सूचीमा देशहरुलाई 0 देखि सय स्थानमा सूचीकृत गरिएको छ।

अति भ्रष्ट मुलुकको तलबाट दोस्रो स्थानमा परेको तुलनात्मक रुपमा नयाँ मुलुक साउथ सुडान ६ वर्षअगाडि मात्रै सुडानबाट स्वतन्त्र मुलुक बनेको थियो। उसले ११ अंक हासिल गरेको छ।

तेस्रो सबैभन्दा भ्रष्ट मुलुकमा उत्तर कोरिया र त्यसलाई पछइउँदै सिरिया चौथो स्थानमा परेको छ। युद्धग्रस्त सिरियाबाट हालै मात्र ठूलो संख्यामा शरणार्थी बाहिरिएका छन्।

सबैभन्दा कम भ्रष्टाचार हुने देशहरुमा पहिलो स्थानमा डेनमार्क र त्यसलाई पछइउँदै १०औं स्थानसम्म न्युजिल्यान्ड, फिनल्यान्ड, स्विडेन, स्विजरल्यान्ड, नर्वे, सिंगापुर, क्यानाडा, जर्मनी परेका छन्।

त्यसैगरी सार्क मुलुकमा भारत र श्रीलंका ४० औं स्थान रहेका छन् भने अफगानिस्तान सबैभन्दा भ्रष्ट मुलकका रुपमा ८औं स्थानमा रहेको छ। भुटान सबैभन्दा कम भ्रष्ट मुलुकका रुपमा ६८औं स्थानमा पर्न सफल भएको छ। पाकिस्तानबंगलादेश २८औं स्थानमा परेका छन्।