क्यान्सर नसर्ने रोग हो । तर, यो हाल विश्व जनस्वास्थ्यमा समस्याको रुपमा देखा परेको छ । यो रोगले एक व्यक्तिलाई मात्र नभई समाज, देश र सारा विश्वलाई चुनौती थपिरहेको छ ।

यो रोग धनी, गरिब, महिला, पुरुषका  साथै बच्चादेखि बुढासम्म जुनसुकै उमेरका मानिसलाई र शरीरका  सबै अंगमा लाग्न सक्ने भएकाले यो रोगका बारेमा सबैले थाहा पाउन जरुरी छ । यो रोग लाग्ने कारणहरुमा अस्वस्थ्यकर खानपिन, रहनसहन, वातावरणीय प्रदुषण र दैनिक क्रियाकलापको कमीलगायत प्रमुख हुन् ।

 

क्यान्सरबाट जोगिने केही टिप्स एस्ता छन् 

१.रसायनयुक्त, विषाधियुक्त र क्यान्सर उत्पन्न गर्ने कुनै पनि चिज सम्भव भएसम्म नखानुहोस् । विशेष गरी रातो मासुमा यस्तो क्यान्सरजन्य तत्व हुने हुनाले कहिल्यै पनि उपभोग नगर्नुहोस् । अत्याधिक रातो मासु खाएमा घाँटी र आन्द्राको क्यान्सर हुने ५० प्रतिशत सम्भावना हुन्छ ।

२.प्रशस्त फलफुल र हरियो सागसब्जी सेबन गर्नुहोस् ।

३.स्वच्छ पानी पिउनुहोस् ।

४.सम्भव भए दैनिक, यदि सकिदैन भने सातामा कम्तिमा एक गिलास फलफुलको जुस पिउनुहोस् ।

५.खानामा सकेसम्म चिनियुक्त र गुलियोको मात्रा कम गर्नुहोस् । चिनिले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउने भएकोले चिनिको सक्दो कम प्रयोग गर्नुपर्छ ।

६.व्यायाम गर्नुहोस् । व्यायम स्तन र घाँटीको क्यान्सर तथा ट्युमर रोकथामसँग प्रत्यक्ष सम्बन्धित भएकोले दैनिक रुपमा व्ययायाम क्यान्सरबाट बच्ने अचुक उपाय हुन सक्छ ।

७.ग्रीन टि, दालचिनी, अदुवाको प्रर्याप्त उपभोग गर्नुहोस् ।

८.अमेरिकाको क्यान्सर रिसर्च संस्थाका अनुसार धुवाँमा पकाएको वा नुन दलेर राखेको मासु कहिल्यै पनि खानु हँुदैन । सुकुटी र नुनिलो मासुको उपभोगले कोलोन क्यान्सरको सम्भावना बढी हुन्छ ।

९.आलु चिप्स नखानुहोस् । आलुलाई टुक्रा–टुक्रा पारेर तेलमा फ्राई गर्दा क्यान्सर बनाउने तत्व उत्पन्न हुने भएकोले आलुचिप्स नखान विज्ञहरुले सुझाब दिएका छन् ।