कपालमा नियमित तेल लगाउँदाका फाइदा

आफ्नो कपाल सुन्दर ,बलियो होस् भन्ने कसले चाहदैन तर अहिले व्यस्त जिवनशैलिको कारण कपालमा हामी बाहिर बजारमा पाउने समानहरु प्रयोग गरेर कपाललाई राम्रो र बलियो हैन झन कपाल प्रति आइपर्ने समस्याहरु निम्त्याउछौ तर हामीले थोरै जाँगर चलाएर कपालमा तेल लगाउन सक्यौ भने कपालका सबै समस्या हराउने छ । जस्तै :

१. नियमित रुपमा कपालको जरासम्म तेलले मसाज गरेमा कपालमा धूलो तथा फोहर जम्न पाउँदैन र प्रदषणबाट रक्षा गर्छ ।

२. दैनिक रुपमा तेलले कपाल मसाज गर्नाले कपाल सील्की हुनुका साथै चमक पैदा हुन्छ ।

३. यसले कपालको चाँया हटाउन मद्दत गर्छ ।

४. सुख्खा कपालका लागि तेल निकै उपयोगी हुन्छ । राती सुत्ने बेलामा हल्का तातो बनाएर कपालमा लगाउने र बिहान धुने गर्नाले पोषण प्राप्त हुनुका साथै कपाल चमकदार र स्वस्थ हुन्छ ।

५. कपालमा नियमित रुपमा तेलले मसाज गर्नाले कपालको जरा बलियो बनाउनुका साथै कपाल लामो र सुन्दर हुन्छ । त्यसैले आजैबाट कपालमा तेल लगाउन सुरु गर्नुहोस् ।

६. दिनहुँ कपालमा तेल लगाउनाले कपालमा आवश्यक पोषण प्राप्त हुन्छ र कपाल झर्ने, टुक्रने सम्भावना कम हुन्छ ।

७. टाउकोमा नियमित तेल लगाउनाले टाउकोको रगत प्रवाह बढ्छ ।

८. सुत्ने बेलामा कपालमा १० मिनेटसम्म तेलले मसाज गर्नाले कपालमा प्रशस्त मात्रामा पोषण मिल्छ ।