प्रायः नेपालीमा ग्यास्ट्रिक हुन्छ । खाना र व्यायाममा ध्यान नदिँदा ग्यास्ट्रिकको सिकार बन्न पुगिन्छ । बजारमा उपलब्ध विभिन्न तयारी खाद्य पदार्थ, रेस्टुरेन्ट आइटमको अत्यधिक प्रयोगले पनि ग्यास्ट्रिक बनाउँछ । शारीरिक श्रम कम गर्ने र अस्वस्थ जीवनशैली ग्यास्ट्रिकको मुख्य कारण हो ।

ग्यास्ट्रिको कारण

  • असन्तुलित खानपान हो ।
  • खाना बढी खानु ।
  • मसलेदार खानाका साथै, अमिलो, पिरो, चिल्लो बढी खानु ।
  • पानी कम पिउनु वा शरीरमा पानीको मात्र कम हुनु ।
  • धुम्रपान तथा मध्यपान बढी गर्नु ।
  • खाली पेटमा दुध हालेको चिया÷कफी पिउनु ।
  • खाना खाने बित्तिकै सुत्नु ।
  • दिशापिसाब लामो समय रोक्नु ।

लक्षण

  • ग्यास्ट्राइटिस् कुन स्टेजमा छ सोही अनुसार लक्षण देखिन्छ । साधारणतया पेट दुख्नु यसको प्रमुख लक्षण हो ।
  • श्वास फेर्न असजिलो हुने ।
  • मुखमा अमिलो पानी आउने ।
  • पेट फुल्ने ।
  • वान्ता आउने ।
  • खान मन नलाग्ने ।
  • छाती पोल्ने ।
  • दिसा कालो आउने ।
  • खाना अपच हुने ।
  • नाइटो वरपरको भाग दुख्ने ।
  • लामो समय भए तौल घटदै जाने ।

बच्ने उपाय

१.ग्यास्ट्रिकबाट बच्नका लागि रहनसहन र खानपिनले ठूलो भूमिका खेल्छ । बिहान उठ्नेबित्तिकै पानी पिउने बानीले ग्यास्ट्रिक नहुन सक्छ । रातको समय लगातार ७–८ घन्टाको सुताइले शरीरमा पानीको अभाव हुन जान्छ । त्यसैले बिहान उठ्नासाथ पानी पिउन आवश्यक हुन्छ । तर, उठ्नेबित्तिकै जुसको भने प्रयोग गर्नु हुँदैन । खाली पेटमा यस्ता पेय पदार्थ खाँदा पेटमा ग्यास भरिन जान्छ ।

२.ग्यास्ट्रिक भएमा समय–समयमा खाना खाइरहनुपर्छ । खाली पेट बस्ने भूल गर्नु हुँदैन । यसरी खाली पेट बस्दा ग्यास्ट्रिकको मात्रा बढ्दै जान्छ ।

३.तारेको र भुटेका खाद्य पदार्थ निकै कम प्रयोग गर्नुपर्दछ । यस्ता खाद्य पदार्थको नियमित प्रयोगले पाचन प्रक्रियामा समस्या सिर्जना गर्छ र ग्यास्ट्रिक बढ्न जान्छ ।

४.ग्यास्ट्रिक हुनेहरू अल्कोहलबाट टाढै रहनुपर्छ । व्यस्तता, मानसिक तनाव, भय, चिन्ता, शोक, अनिद्राले पनि ग्यास्ट्रिक बढाउन सक्छ । यस्तो कुरामा सचेत हुनुपर्छ । शारीरिक श्रम र व्यायाम नगर्नेहरूलाई पनि ग्यास्ट्रिक हुन्छ ।

५.धूम्रपान, चिया–कफी बढी पिउँदा पनि ग्यास्ट्रिक बढ्छ । ग्यास्ट्रिक हुनेले निकै कम मात्रामा चिया पिउनुपर्छ ।

योगबाटै निको पार्न सकिन्छ

नियमित योग गर्दा पनि ग्यास्ट्रिकरहित बन्न सहयोग पुग्छ । ग्यास्ट्रिक निको पार्न गरिने योगका आफ्नै नियम छन् । त्यसका लागि पहिले ढाड र गर्दनलाई सीधा राखेर बस्नुपर्छ ।

त्यसपछि जोडसँग श्वास लिएर फ्याक्नुपर्छ । यस्तो क्रियाकलाप पटक–पटक गर्न जरुरी हुन्छ । तर, यस्तो योग खाली पेटमा भने गर्नु हुँदैन ।

ग्यास्ट्रिकबाट बच्न अर्को तरिकाले पनि योग गर्न सकिन्छ । त्यसका लागि दुवै खुट्टा जोडेर घोप्टो परी सुत्नुपर्छ । त्यसपछि दुई हत्केलाले भुइँ टेकेर आकाशतर्फ हेर्नुपर्छ ।

त्यसपछि बिस्तारै श्वास लिँदै छाती फुलाउनुपर्छ । त्यसपछि केहीछिन श्वासलाई रोक्ने कोसिस गर्नुपर्छ । त्यसपछि श्वास छाडेर पहिलेकै अवस्थामा फर्कनुपर्छ । नाडीशोधन योग गरेर पनि ग्यास्ट्रिक निर्मूल पार्न सकिन्छ ।

यसबाट बच्ने घरेलु उपायहरू धेरै छन् ती
मध्ये केही यहाँ भनिएको छ

१.बेसारको पात
बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको
एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो
गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

२.अम्बाको पात
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् ।
यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

३.आलुको जुस
आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर
पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि
पिउनुहोस् ।

४.अदुवा
ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको
रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो
समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग
पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।

५.बेकिङ सोडा
बेकिङ सोडामा धेरै मात्रामा Antacid भएको कारण यसले ग्यास्ट्रिकको समस्या
हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस्
र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।

६.दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर
मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले
ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।

७.हिंग
हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा
राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या
हट्दै जान्छ ।

८.जिरा बिउ
एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र
केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन
गर्नुहोस् ।

९.लसुन
२ ३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस्
। ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको गेडालाई पानीमा
राखी उमाल्नु र यसको सेवन गर्नु ।

१०.सौंप
सौंप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ । पानीमा
सौंपको दाना राखी उमाल्नस् र सेलाए पछि खानुहोस् ।
पुदिना
एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा
मह हालेर दिनको दुई / तीन पटक खानुहोस् । यसले
ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ