-पेट पोल्ने तथा ग्याष्ट्रिकले अति नै सताएको छ भने घुट-घुट गर्दैै मही पिउनुस् । एकैछिनमा ठिक हुन्छ । साथै महीमा अदुवा तथा कालो मरिच राखेर पिउनाले अमिलो डकार आउने बन्द हुन्छ ।

-गर्मी समयमा शरिरमा पानीको मात्रा कम हुन्छ । यस्तो अवस्थामा मही पिउने गनुस् । महीमा पाइने इलेक्ट्रोलाइटले डिहाइड्रेसनको समस्या निर्मुल पारिदिन्छ ।

-तैलीय तथा मसालेदार खानाले शरिरमा वोसो जम्मा हुँदै जान्छ । तर खानापछि एक गिलास मही पिउनाले शरिरमा वोसो जम्न पाउदैन साथै यसले कोलस्ट्रोललाई नियन्त्रण गर्दछ ।

-नियमित रुपमा मही खानाले पेटसम्बन्धी सम्पुर्ण रोग निको हुन्छ । यसमा पाइने तत्वले पाचनक्रियालाई सहयोग पुर्याइ ग्याष्ट्रिक बढ्न दिदैन।

-महीबाट भिटामिन बी कम्प्लेक्स, प्रोटिन र पोटासियम पाइन्छ । मही खानाले शरिरलाई उर्जा प्राप्त हुन्छ र फ्रेस महशुस हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #कोल्ड ड्रिक्स #गर्मी मौसम #मही