-एक सय ग्राम पनिरमा ११ ग्राम प्रोटिन हुन्छ । त्यसैले शाकाहारीका लागि यो निकै उपयोगी खाद्यपदार्थ हो ।

-पनिरले तौल घटाउन पनि मद्दत गर्छ ।

-पनिरमा म्याग्नेसियम हुन्छ, जसले रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्छ ।

-यसले पाचन प्रक्रियालाई स्वस्थ राख्छ र प्रतिरक्षा प्रणालीलाई पनि बढाउँछ ।

-पनिरमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । यसका साथै यसबाट क्याल्सियम र भिटामिन डी पनि पाइन्छ, जसले ब्रेस्ट क्यान्सरबाट बचाउँछ ।

-गर्भवती महिलाका लागि पनि यो निकै उपयोगी हुन्छ । किनकि, गर्भवती महिलाका लागि क्याल्सियम बढी जरुरी हुन्छ ।

-पनिरमा भएको भिटामिन ए, क्याल्सियम र जिंकले शरीरको हाड र दाँतलाई बलियो बनाउँछ ।

स्वास्थको सहयोगमा 

Topics #पनिर खानुका फाइदा