मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्रकृतिक अङ्ग हो। यो हरपल चलिरहन्छ। छाती भित्र धडकिरहने यो सानो अङ्गले शिर देखि पैतालासम्म प्रभाव पारी राखेको हुन्छ।

मुटु रोगका कारणहरु

चुरोट, सुर्तीको सेवन नगर्ने वा त्याग्ने, नियमित शारिरीक व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो, बोसोयुक्त खानेकुरा, जंक फुड कम गर्ने, मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, भुँडी बढ्न नदिने र नियमित रूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ ।

१.मुटुको रोगको परिवारीक इतिहास भएको ।

२.अत्याधीक मोटोपन भएको ।

३.शारीरिक रुपमा कम शक्रिय हुनु ।

४.अत्याधीक कोलस्ट्रोल हुनु ।

५.अत्याधिक ब्लडप्रेसर हुनु ।

६.धुम्रपान सेवन गर्नु ।

७.लागु पर्दाथको सेवन ।

८.डाइबेटिजको रोगी हुनु ।

मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरु पनि हुन्छन्। मुटुरोगका अनगिन्ती लक्षणहरु मध्ये सबैले थाहा पाइराख्नुपर्ने १२ वटा प्रमुख लक्षणहरु रहेका छन् |

१. छातीको बिचको भाग दुख्नु

२. दम बढ्नु

३. खुट्टाहरु सुन्निनु

४. घाटीँको रक्तनली फुल्नु

५ ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु

६. औंलाका टुप्पा बाक्ला , चाक्ला हुनु

७. टाउको दुख्ने र चक्कर लाग्नु

८. मुटुको धड्कन रोकिने वा छिटो चल्नु

९. कफमा रगत देखा पर्नु

१०. जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउनु

११. हात, खुट्टा, ओठ आदि झट्का दिदै अनियन्त्रितरुपमा चल्नु

१२. छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु

मुटु स्वस्थ राख्न के गर्ने ?

१. दैनिक एक घण्टा हिँड्ने बानी बसाल्ने
२.नियमित स्वास्थ्य परीक्षण गराउँने
३. आफ्नो जीवनशैलीमा व्यापक मात्रामा परिवर्तन
४. धु्रमपान तथा मद्यपान कम गर्दै लैजाने
५. बजारमा उपलब्ध (जंक फुड) खाना नखाने
६. सन्तुलित र घरमै बनाएको खाना खाने
७. मौसमी फलफूल तथा सागपात, सलाद खाने
८. आवश्यक मात्रामा पानी पिउने
९. साझमा सफ्ट खाना खाने
१०. चिल्लो, पिरो बोसो भएको खाना नखाने
११. मुटेका, तारेका खानेकुरा नखाने
१२. सकभर मासु कम खाने