घुँडा मानव शरीरको अत्यन्त महत्वपूर्ण जोर्नी हो । हिँडडुल गर्दा, दौड्दा, फुटबल-भलिबल लगायतका खेल खेल्दा, पलेटी मारेर भुइँमा बस्दा, दिसापिसाब गर्न बस्दा घुँडा नै बढी चल्दछ । त्यसैले यदि घुँडामा कुनै समस्या आयो वा दुख्यो भने हाम्रो दैनिकी नै प्रभावित हुन्छ ।

किन खिइन्छ घुँडा ?

घुँडा खिइनु एउटा प्राकृतिक प्रक्रिया हो । जुन विभिन्न कारणले गर्दा तिब्र हुन्छ । घुँडा खिइनुमा उमेर प्रमुख कारण भए पनि युवावस्थाका मानिसहरु पनि यो समस्याबाट पीडित भएको पाइन्छ ।

घुँडा खिइनु कसैकसैमा वशांणुगत समस्या हुन्छ । यसैगरी चोटपटक लाग्यो भने, धेरै शारिरीक परिश्रम गर्‍यो भने र शरीरको तौल अत्यधिक बढ्यो भने पनि घुँडा खिइने गर्दछ ।

प्रायः यो रोग ४५ वर्ष उमेर कटेपछि देखिन्छ । पुरुषहरुको तुलनामा महिलाहरुमा यो रोग बढी देखिने गर्छ ।

बुढेसकालमा धेरैलाई घुँडा दुख्ने र खिइने समस्या हुने गर्छ । त्यसका विभिन्न कारण छन् ।

1.गलत आसन

बस्ने तरिका सही नहुँदा पनि घुँडामा विभिन्न समस्या उत्पन्न हुने गर्छन् । खासगरी, लामो समयसम्म एउटै पोजिसनमा र टुक्रुक्क बस्नाले पनि घुँडाको मांसपेशीमा असर पर्छ । त्यसबाट घुँडा दुख्ने र सुन्निने गर्छ । लामो समयसम्म यस्तो समस्या रहिरहे यसले घुँडालाई हानी पुर्‍याउन सक्छ ।

2.धेरै वजन उठाउने

क्षमताभन्दा बढी वजन उठाउनाले पनि घुँडा कमजोर हुन्छ । विशेषगरी, आफ्नो क्षमताभन्दा बढी वजन उठाउँदा त्यसको समग्र भार घुँडामाथि पर्छ । र, घुँडा सुन्निने, दुख्ने र खिइने समस्या उत्पन्न हुन्छ ।

बूढापाकाहरुले पटुकीको प्रयोग गर्नुको उद्देश्य हो, वजनका कारण हड्डीमा असर पर्न नदिनु । प्राविधिक रुपमा निकै सहयोगी हुन्छ, पटुकी ।

3.आवश्यकताभन्दा बढी व्यायाम

शारीरीक कसरत आवश्यकताभन्दा कम या बढी गर्दा पनि घुँडामा असर पुग्छ । यस्तै, धेरै पटक सिँढीमा ओहोरदोहोर गरे या कम कसरत र हिँडडुलका कारण पनि घुँडामा समस्या देखिने गर्छ ।

खासगरी, कम कसरतका कारण घुँडाको मांसपेशी निस्त्रिmय हुने गर्छ । र, खिइने तथा दुख्ने समस्या आउँछ । घुँडालाई जति चलायो, त्यति नै एक किसिमको रसायन उत्पादन हुन्छ । उक्त रसायनले घुँडाका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ ।

4.मोटोपना

एकाएक मोटोपना बढेमा समयमै नियन्त्रण गर्नु आवश्यक छ । नत्र, सम्पूर्ण शरीरको भार घुँडामा पर्ने गर्छ । र, घुँडा कमजोर भएर दुख्ने समस्या उत्पन्न हुने गर्छ ।

5.हाई हिलको प्रयोग

हाई हिल महिलाहरुमाझ लोकपि्रय छ । लामो समयसम्म हाई हिल जुत्ताको प्रयोगले शरीरको ढंग बिग्रने गर्छ । त्यसका कारण पैताला र घुँडामा नकारात्मक असर पार्छ । र, घुँडा दुख्ने समस्या उत्पन्न गराउँछ ।

लक्षणहरु

अव्यवस्थित खानपान, पोषणयुक्त खानाको कमी, चोटपटक लाग्नु वा हड्डी भाँचिनु र हड्डी सम्बन्धी रोगले पनि घुँडा खिइन्छ ।

  • घुँडा खिइँदा असाध्यै दुख्छ । घुँडाको दुखाई नै यसको प्रमुख लक्षण हो ।
  • साथै घुँडा बांगो देखिनु
  • खुट्टा सुन्निनु
  • जोर्नी कडा हुनु
  • घुँडा चलाउँदा दुख्नु
  • बसेपछि उठ्न नसक्नु
  • भर्‍याङ उक्लिँदा-ओर्लिंदा समस्या हुनु

घुँडा दुख्ने समस्या हटाउने तरीकाहरु यस प्रकार छन् 

१) दूध र लसुन 
घुँडामा पीडा हुँदा दिनदिनै एक गिलास दूधमा तीनचारवटा लसुनका पोटी राखेर उमाल्नुस् । त्यसलाई पिउँदा पीडाबाट राहत पाइन्छ ।

२) ओखर
ओखर धेरै गुणकारी हुन्छ र यसले शरीरका सबै किसिमका पीडाबाट छुटकारा दिलाउँछ । दिनदिनै खाली पेट ओखर खाँदा घुँडाको समस्या हराउँछ ।

३) काँचो नरिवल
नरिवल स्वादिलो हुनुका साथसाथै स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । हरेक बिहान काँचो नरिवल खाँदा पीडा हराउँछ । बुढेसकालमा पनि समस्याले सताउँदैन ।

४) व्यायाम 
खानपानमा विशेष ध्यान दिनुका अलावा दैनिक व्यायाम पनि जरूरी हुन्छ । दिनदिनै १० मिनेट भद्र आसन अवश्य गर्नुहोस्

घुँडा दुखेको समयमा यसलाई कसैले पनि हेल चेक्रराई गर्नु हुदैन । हामीले घरमै बसेर केही सामान्य अभ्यास गरेमा पनि यसलाई

कसरी गर्ने त घरमै अभ्यास ?

१) नियमित व्यायाम गर्ने बानी बसालौं जस्तैः– जोर्नीहरु चलाउने, सामान्य हिडाई, आदि ।

२) टुक्रुक्क अथवा पलेटी मारेर नबस्ने ।

३) मनतातो तोरीको तेलमा ३–४ थोपा (pain oil) दुखाई कम गर्ने तेल मिसाएर बिहान र बेलुकी हलुका मसाज गर्ने ।

४) तौल घटाउने वा नियन्त्रण गर्ने ।

५) तातो पानीको (Hot water bag) ले सेक्ने तर सुनिएको छ भने चाहि बरफ (Ice) ले २–३ मिनेट सम्म हलुका मसाज गर्ने ।

६) भर्याङ्ग वा सिंढी धेरै पल्ट तल माथि नगर्ने ।

७) घुँडालाई टेवा दिन (Knee support) को प्रयोग गर्ने ।

यसको साथसाथै शारीरिक अभ्यास पनि गर्न सकिन्छ

१) भित्तामा अडेस लगाएर खुट्टा लामो गरेर बस्ने, तिघ्राको मासु कस्न – एक देखि १० सम्म १० पटक गर्ने ।

२)घुँडा मुनि रुमाल राखेर थिच्ने, कुर्कुचालाई उठाउने – एक देखि १० सम्म १० पटक गर्ने ।

३) ढाड सिधा गरी कर्सीमा अढेस लगाएर बस्ने, पालै पालो खुट्टा सिधा माथि उठाउने – एक देखि १० सम्म १० पटक गर्ने ।

४) दुवै घुँडाको बीच रुमाल राखेर च्याप्ने – एक देखि १० सम्म १० पटक गर्ने ।

५) खुट्टा सिधा तन्काएर बस्ने, दुवै हातले खुट्टाको औंला छुने कोसिस गर्ने – एक देखि १० सम्म १० पटक गर्ने |