कागतीको रसः

डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो । यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ । तर, काग

तीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ । त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।

चन्दन पाउडरः

बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाएर डन्डीफोर भएको भागमा दल्ने र सुखेपछि चिसो पानीले अनुहार धुने।

बाफ लिनेः

बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ । फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ ।

साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ । अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ । बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने । सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।

गोलभेँडाः

गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन् । गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन् ।

गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउने र आधी घण्टा पछि चिसो पानीले पखाल्ने ।

महः

डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुनाले डन्डीफोर हटाउन मद्धत गर्छ । अझ तपाईलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ ।

यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ ।

ल्वाङः

डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ ।

पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिएको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने ।

केराको बोक्राः

केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्याउँछ । केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ ।

यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ । केरालाई मुछेर महसँग मिसाएर लगाउँने । एकछिन पछि अनुहार सफ पानीले धुने र आइस दलेर मसाज गर्ने ।

स्वस्थको सहयोगमा 

Topics #घरेलु उपाय #डन्डीफोर हटाउने