१. पिनट बटरः

पिनट बटरमा अत्याधिक मात्रामा फ्याट हुन्छ जसले एलर्जी हुन सक्छ र मानिसको स्वास्थमा असर गर्न सक्छ ।

२. ब्राजिलियन नटः

मुटुको लागि स्वस्थ मानिने ब्राजिलियन नटमा प्रसस्त सेलेनियम नामको खनिज हुन्छ तर धेरै सेलेनियमले मानिसको शरिरमा नङ, कपालको समस्याको साथै पाचन प्रणालीमा समस्या ल्याउन सक्छ ।

३. मकैः

हामीले प्रयोग गर्ने मकैमा ९० प्रतिशत जेनेटिकल्ली मोडिफाइड गरिएका हुन्छन जसले तपाईको शरिरमा ओमेगा ६ फ्याटी एसिडको मात्रा बढाँउछ जसले क्यान्सर र मुटु रोगको सम्भावना बढाउँछ ।

४. केराः

केरा पनि फाइदाकारी खानेकुरा हो जसमा पोटासियम धेरै पाइन्छ तर यसको धेरै सेवन गर्नाले मुटु, मांसपेशी, स्नायु जस्ता समस्या निम्त्याउन सक्छ ।

५. क्यानको टुना माछाः

टुना माछामा मर्करीको मात्रा धेरै हुन्छ । मर्करी धेरै खानाले मानिसलाई आँखाको समस्या, बोलीको समस्या र मांशपेसीको समस्या हुन सक्छ ।

६. भट्टमासः

भट्टमास जन्य खानेकुराको धेरै सेवन गर्नाले एस्ट्रोजेनको उत्पादन बढाँउछ जसले मानिसलाई क्यान्सर को खतरा बढाउन सक्छ ।

७. फार्ममा तयार गरिएको सालमोनः

मानिसहरुले सालमोन माछा धेरै नै स्वस्थ हुन्छन् भन्ने गर्छन् तर फार्ममा उत्पादन गरिएको सालमोनमा समुन्द्रको सालमोनमा भन्दा धेरै विषाक्त पदार्थ हुन्छन् ।

स्वास्थको सहयोगमा

Topics #खानेकुराहरु शरिर