ब्रोकाउली:

ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्छ मद्दत गर्छ ।

दूध:

दूधमा ट्राइप्टोफान नामक तत्व हुन्छ, जुन खाएपछि दिमागलाई फ्रेस र कुल बनाउने सेरोटोनिन नामक तत्वमा परिवर्तन हुन्छ ।

चिसो पानी:

चिसो पानी पिएर खुला ठाउँमा डुल्न गयो भने रगतमा इन्डोर्फिन नामक तत्व उत्सर्जन हुन्छ, जसले दिमागलाई तनावमुक्त गराउँछ ।

केरा:

केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ ।

स्याउ:

स्याउमा फस्फोरस र आइरन प्रशस्त मात्रामा पाएने हुदा तनाव उत्पन्न भएको बेला खुम्चिएका कोषिकालाई यसले पूर्वअवस्थामा ल्याउन मद्दत गर्छ, जसले गर्दा तनावको असर कम हुँदै जान्छ ।

अमला:

अमलामा भिटामिन सी पाइन्छ। भिटामिन सीले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ ।

कुरिलो:

तनाव उत्पन्न भएको बेला शरीरलाई शान्त र पूर्ववत अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्छ । जुन कुरिलोमा पाइन्छन् ।

स्वास्थको सहयोगमा 

Topics #तनावमुक्त