दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्वन्धी रोगहरुबाट छुट्कारा मिल्छ।

दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई बिसेक पार्ने गजबको क्षमता हुन्छ। यसले कोलस्ट्रोल बढ्नबाट रोक्छ र मुटुको धड्कनलाई ठीक राख्छ।

दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ। यो हड्डीहरुको विकासमा सहायक हुन्छ। साथै, दाँत, ता नङलाई पनि बलियो बनाउँछ।

पायल्स रोगबाट पीडित व्यक्तिहरुले दिउसो भोजनपछि एक गिलास मोही पिउँदा फाइदा मिल्छ।

राति निद्रा नलाग्ने समस्या छ भने दैनिक खानाका साथ एक कचौरा दही सेवन गरौं।

दहीको नियमित सेवन शरीरका लागि अमृत समान मानिन्छ। यसले रगतको कमि तथा कमजोरी हटाउँछ। दूधले जब दहीको रुप लिन्छ, यसको सुगर एसिडमा बदलिन्छ।

यसबाट पाचनमा मद्दत मिल्छ। भोक कम लाग्ने व्यक्तिहरुलाई दहीले एकदम फाइदा गर्छ।

दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ। पेटमा गडबडी हुँदा दहीमा विीरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ।

स्वास्थको सहयोगमा 

Topics #दही खाँदाका फाइदा